सिकारीले गैँडा मार्दा…..




गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ४६ औं अंश –

बिहीबार, कात्तिक २

कात्तिक मेरो जन्ममहिना हो। यो महिना शुभ होला भन्ने आशामा छु। हिजोआज महाभारत र श्रीमभगवद् गीता पढ्न थालेको छु। मेरा मित्र राजेन्द्र गुरूङ र पूर्ण अंकल भेट्न आउनुभयो। खबर सुनेँ— पुरानो पदमपुरमा सैनिक पोस्टदेखि एक किलोमिटर टाढा सिकारीले गैँडा मारेछन्। खाग मात्र होइन, खुरसमेत लगेछन्। चोरी सिकारीहरुको कस्तो आत्मविश्वास! मिलोमतोको आरोप लाग्ने गर्छ कहिलेकाहीँ जनस्तरबाट। यस्ता घटनाले उनीहरुको आशङकालाई थप बल पुर्‍याउँछ।

पोहोर खोरिया  मुहानमा पनि त्यस्तै भएको थियो। त्यस बेला गैँडा मार्नेहरु मेघौलीका रहेछन्; पछि पक्राउ परे। श्रीमभगवद् गीतामा भनिएको छ– ‘प्राणीको रेखदेख गर्नु मानवताको सबैभन्दा महान कर्म हो। प्राणीको रेखदेख गरेपछि गया काशी जानुपर्दैन, दान दातव्य दिनुपर्दैन, चौतारा चिन्नुपर्दैन, कुवा–पोखरी खन्नुपर्दैन, वेद तथा उपनिषद अध्ययन गर्नुपर्दैन, यज्ञयागादि गर्नुपर्दैन।’ यसो किन भनिएको होला भनेर मैले अर्थ लगाएँ— गैँडाको शून्य चोरी सिकार हुनु भनेको गैँडा नमर्नु मात्रै होइन, नेपालको कुनै पनि नागरिक गैँडा सिकार जस्तो जघन्य अपराधमा जेलको चिसो छिँडीमा बस्न नपर्ने अवस्था सृजना हुनु हो। गैँडा मार्ने अपराधीले जेल बस्नुपर्दाको पीडा भोग्नु पर्ने त छदैछ, उसको घरपरिवार र आफन्तजनको वेदना, छोराछोरीमा पर्ने असर, समाजमा बढ्ने अरु अपराध आदिले त्यसको असर कैयौँ गुणा बढाएको हुन्छ। त्यसका साथसाथै कानुन बमोजिम १५ वर्ष जेलमा राख्दा राज्यले उसको पालनपोषण तथा सुरक्षा बन्दोबस्तका लागि पनि धेरै बजेट खर्च गर्नु पर्दछ। १५ वर्ष जेल बस्नुको साटो देशमै कुनै व्यवसाय गरेर वार्षिक ५० हजार मात्र कमाए पनि यति अवधिमा लाखौ आम्दानी गर्न सक्छ। विदेशमै गएर वर्षमा एक लाख कमाए पनि १५ लाख पैसा देशमा भित्रयाउँछ। यसरी हेर्दा गैँडा मार्न नदिनुले नागरिकहरुलाई अपराधीकरणबाट जोगाउने मात्रै होइन समाज र देशलाई पनि फाइदा पुर्‍याएको हुन्छ। प्राणीको हत्या गर्ने विषयमा जेसस क्राइष्टले वाइवलमा लेखेका छन्– ‘तिमी हत्या नगर’, भगवान् गौतम बुद्भले भन्नुभएको छ– ‘प्राणी मात्रको रक्षा गर’। नेपालको कानुनमा मान्छे खान पल्केको बाघ र बौलाएको हात्तीलाई प्रमुख जिल्ला अधिकारीको आदेशले मार्न पाउने अधिकार छ। त्यो जनावर मार्ने आदेश दिइएन भने त्यहाँ ठूलो धनजनको क्षति हुन्छ। त्यस्तो अवस्थामा अधिकार प्राप्त अधिकारीले मार्ने आदेश दिनै पर्छ। तर वैदिक साहित्यमा लेखिएको छ– ‘प्राणीको हत्या गर्न आदेश दिने व्यक्तिले समेत सजाय भोग्नु पर्दछ।’

शनिबार, कात्तिक ४

श्रीमाद् भगवद् गीता र महाभारत पढ्न थालेको पाँच दिन भयो। मेरो मन सम्हाल्न यसले निकै मदत पुर्‍याएको छ। पाण्डवहरु र अन्य नृप, ऋषि, तपस्वीहरुलाई परेका वेदना,संकट, कष्ट र समस्याहरुका अगाडि मेरो समस्या त तुच्छझैँ लाग्छ। लाग्छ, कतै भगवानले मेरो परीक्षा लिइरहनु भएको त छैन्? परीक्षामा खरो उत्रन सक्छु कि सक्दिनँ?

श्रीमाद् भगवद् गीता र पढेपछि मलाई छर्लङ्ग भयो— जन्म र मृत्यु आफ्नो वशमा हँुदैन। त्यसैले त्यसको चिन्ता गर्नु व्यर्थ रहेछ। काम, क्रोध, लोभ, मोहले नै मान्छेलाई दुःखी बनाउँदो रहेछ। ममा जुन लोभ र मोह छ त्यो त्याग्न सक्नुपर्छ। एउटा इतिहास कोर्नका लागि, तस्करीतन्त्रविरूद्भ लड्नका लागि, मैले त्यो त्याग्ने तपस्या गर्नु जरूरी छ। पापी, दुर्जनलाई दण्ड दिनु नै परम धर्म हो। म जबसम्म कर्तव्यको अग्निकुण्डमा होमिएर यो अग्निपरीक्षामा खरो उत्रिन्नँ, तबसम्म मेरो जीवन सार्थक हुँदैन र यो पुस्तक पनि पूर्ण हुँदैन।

भक्तिवेदान्त स्वामी प्रभुपाद श्रीमाद् भगवद् गीता यथारुपमा व्याख्या गर्नुहुन्छ— भगवद्ताले केवल भक्तिविज्ञानको मात्र प्रतिपादन गरिरहेछ। भगवद्भक्ति नै यसको प्रमुख तथा एकमात्र लक्ष्य हो।   भगवद् गीता बुद्भहीन भाष्यकारहरु पाठकको मनलाई अरु विषयतिर मोड्ने प्रयास गर्दछन् तर भगवद् गीताभक्तिबाहेक अरु कुनै विषय नै छैन। भगवद् गीता (१२.२०) मा भगवान् श्रीकृष्ण भन्नुहुन्छ– ‘मलाई नै परमलक्ष्य बनाएर श्रद्धापूर्वक भक्तिका अविनाशी मार्गमा आफूलाई पूर्णतया संलग्न राख्ने मानिसहरु मेरा लागि अत्यन्त प्रिय हुन्छन्।’ भक्तिवेदान्त स्वामी प्रभुपाद श्रीमाद् भगवद् गीता यथारुप १३ औँ अध्यायमा व्याख्या गर्नुहुन्छ— भगवद् प्रारम्भिक छवटा अध्यायहरुमा शरीरको ज्ञाता जीवका बारेमा र जुन अबस्थामा रहेर जीवले भगवान्लाई जान्नसक्छ, त्यस विषयको वर्णन गरिएको छ।

बीचका छ वटा अध्यायहरुमा भगवानका विषयमा र भगवानसँग जीवात्माको सम्बन्धका विषयमा अनि भगवद् गीताका विषयमा वर्णन गरिएको छ। यी अध्यायहरुमा भगवान् सर्वश्रेष्ठ हुनुहुन्छ र जीव भगवान्का अधीनमा छ भन्ने कुरालाई निश्चित रुपले परिभाषित गरिएको छ। जीव  भगवान सर्वथा भगवान्का अधीनमा छ र  भगवानसँगको सम्बन्ध बिर्सनाले उसले दुःख पाइरहेको छ। यी जीव जब पुण्यकर्ममा लाग्दछन्, त्यसबखत यिनीहरुलाई प्रकाश प्राप्त हुन्छ र त्यसैका सहाराले यिनीहरु कोही आर्त बनेर, कोही जिज्ञासु बनेर, कोही अर्थार्थी बनेर र कोही ज्ञानी बनेर भगवानसँगको  पुग्दछन्।

अन्तिमका छवटा अध्यायदेखि जीवात्मा कसरी प्रकृतिका सम्पर्कमा आउँछ र कसरी कर्म, ज्ञान तथा भक्तिका विभिन्न साधनहरुका सहायताले   भगवानले उसको उद्धार गर्नुहुन्छ भन्ने कुराको व्याख्या गरिएको छ। जीवात्मा भौतिक शरीरभन्दा पूर्णतया भिन्न छ तापनि शरीरसँग उसको सम्बन्ध कसरी गाँसिन्छ भन्ने विषयको चर्चा पनि यी अध्यायहरुमा भएको छ।

भगवद् गीता विषयवस्तु पाँच मौलिक सत्यमा आधारित छ। यसमा सर्वप्रथम ईश्वर–विज्ञानको चर्चा छ अनि जीवहरुको वैधानिक वा मौलिक स्वरुप बारे विवेचना गरिएको छ। श्री श्रीमद् ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपादले यथारुपमा व्याख्या गर्नुभएको छ— ईश्वर छ, ईश्वर भनेको नियन्ता हो र जीव भनेको नियन्त्रित हो। अतः यदि कुनै जीवले आफूलाई कसैबाट नियन्त्रित नभएको ठान्छ र ‘म स्वतन्त्र छु’ भन्ने ठान्छ भने त्यो पक्कै उन्मादी हो भन्ने बुझ्नुपर्दछ। श्रीमाद् भगवद् गीता विषयवस्तु पनि नियन्ता ईश्वर तथा नियन्त्रित जीवसँगै सम्बन्धित छ। यसमा प्रकृति, काल र कर्मको पनि व्याख्या गरिएको छ। श्रीमाद् भगवद् गीता बाट हामीले कम्तीमा पनि ईश्वर के हो? जीव के हो? प्रकृति के हो? दृश्य जगत् के हो? यो सबै कालद्वारा कसरी नियन्त्रित छ? अनि जीवहरुका कार्यकलाप के के हुन? आदि कुरा सिक्नुपर्दछ। मानिसहरुलाई भौतिक संसारको अज्ञानताबाट उङार गर्ने साधन नै श्रीमाद् भगवद् गीता गीता हो। यस संसारमा प्रत्येक व्यक्ति अनेक प्रकारका विपत्तिहरुमा फँसिरहेको हुन्छ। अर्जुन पनि कुरूक्षेत्रको युङमा फसेका थिए। त्यसै बखत अर्जुन कृष्णको शरणमा परे। अनि यो  भगवद् गीता प्रवचन प्रारम्भ भयो।

जब हामी भौतिक प्रभावबाट कलुषित हुनपुग्दछौँ, त्यस बेला हामी बद्भ कहलाउँछौँ। हामीले आफूलाई प्रकृतिको उत्पादन मान्दछौ त्यसैले हामीमा मिथ्या चेतना प्रकट हुन्छ। यो मिथ्या अहका र हो। जसले आफूलाई शरीरमात्र हुँ भन्ने ठान्दछ त्यसले कहिल्यै पनि आफ्नो स्वरुप चिन्न सक्दैन।    भगवद् गीताको प्रवचन पनि यस्तो देहात्म–बुद्धि भएका मानिसहरुलाई मुक्त गर्नका लागि गरिएको थियो। मुक्तिको अर्थ यो भौतिक जगत्को कलुषित चेतनाबाट मुक्त भएर शुद्भ   चेतनामा स्थिर हुनु हो।

भगवद् गीताको समग्र उपदेश यही शुद्भ चेतनालाई जागृत पार्ने कुरामा केन्द्रित छ। यसैले गीताको अन्तमा भगवान्ले अर्जुनलाई विशुद्भ चेतना प्राप्त भयो कि भएन भनेर प्रश्न गरिरहनुभएको हामी देख्छौँ। शुद्भ चेतनाको अर्थ हो भगवान्को आदेशानुसार कर्म गर्नु। शुद्भ चेतनाको सार पनि यही हो। भक्तिवेदान्त स्वामी प्रभुपाद श्रीमभगवद् गीता यथारुपमा व्याख्या गर्नुहुन्छ— वैदिक ज्ञान शोधको विषय होइन। हाम्रो शोध कार्य नै अपूर्ण छ किनभने हामी अपूर्ण इन्द्रियहरुका माध्यमबाट शोध (अनुसन्धान) गर्न चाहन्छौँ। किनभने संसारी व्यक्तिमा चार प्रकारका दोषहरु हुन्छन्। (१) संसारी मानिसहरु अवश्य त्रुटि गर्दछन्। (२) उनीहरु मोहग्रस्त पनि हुन्छन्। (३) उनीहरुमा अरुलाई धोका दिने प्रवृत्ति हुन्छ। (४) उनीहरुका इन्द्रियहरुमा अपूर्णता हुन्छ। यिनै चारवटा दोषहरुले गर्दा मानिसमा सर्वव्यापी ज्ञानलाई पूर्णरुपले प्रकट गर्ने सामथ्र्य हुँदैन।

मानिसहरु कुकुर–विरालाझैँ लडाईं गर्न भनेर यो संसारमा आएका होइनन्। मानिसहरुले मानवजीवनको  महत्व बुझ्नुपर्दछ र सामान्य पशुको जस्तो आचरण गर्नुहुँदैन। मानिसहरुले आफ्नो जीवनको उद्देश्य पनि बुझ्नुपर्दछ। वैदिक ग्रन्थहरुमा यसको निर्देशन गरिएको छ र मा त्यसको सार दिइएको छ। मृत्युकालमा हामी कि यही अपरा शक्तिरुपी संसारमा रहन्छौँ कि त आध्यात्मिक जगत्को पराशक्तिमा स्थानान्तरित हुन पुग्दछौँ।     भगवद् गीता (८.६) मा भगवान् भन्नुहुन्छ—

यं यं वापि स्मरन् भावं त्यजत्यन्ते कलेवरम्।

तं तमेवैति कौन्तेय सदा तद्भाव भावितः।।
जे जस्तो भावको स्मरण गर्दै मानिसले शरीर त्याग्दछ आगामी जन्ममा ठीक  ठीक त्यही भावअनसुारको    शरीर उसले  प्राप्त गदर्छ।

भगवद् गीता (८.७) मा भगवान् भन्नुहुन्छ—

तस्मात् सर्वेषु कालेषु मामनुस्मर युध्य च।

म®यर्पित मनो बुद्धिर्मामेवैष्यस्य संशयः।।

‘त्यसै कारण हे अर्जुन! तिमी सधैँ यही कृष्णरुपमा मेरो चिन्तन गरिरहू र युङरुपी आफ्नो निर्धारित कर्मलाई अघि बढाऊ। तिम्रा सबै कर्महरु मैलाई अर्पण गर र आफ्नो मन र बुङि पनि सदा मैमा स्थिर गर। यसो गरेमा तिमीले निश्चय नै मलाई प्राप्त गर्नेछौँ।’ भगवान्ले अर्जुनलाई आफ्नो पेशा नै परित्याग गरेर केवल मलाई मात्र सम्झिराख भन्नुभएको होइन।

तसर्थ भगवान्ले अर्जुनलाई आफ्नो कर्मको त्याग गर्ने होइन बरू आफ्नो कर्म पनि गरिरहने र कृष्णको नाम पनि लिइरहने (मामनुस्मर) भन्नुभएको छ। यदि जीवनमा सद्ध्घर्ष पनि गर्दैरहने र साथै भगवान् कृष्णको नाम पनि स्मरण गर्दैरहने अभ्यास नगर्ने हो भने तिनीहरु मृत्युकालमा कृष्णको नाम स्मरण गर्न समर्थ हुने छैनन्। भगवद् गीता (६.४७) मा भगवान् भन्नुहुन्छ— योगिनामपि सर्वेषां मद्गतेनान्तरात्मना। श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः।। भगवान् भन्नुहुन्छ— सम्पूर्ण योगीहरुमा त्यही योगी सर्वश्रेष्ठ हो, जो श्रङावान् छ, जो भक्तियोगमा रहेर निरन्तर मेरो आज्ञाको पालन गर्दछ, जसले आफ्ना अन्तस्करणमा मेरै बारेमा चिन्तन गरिरहन्छ र जो मेरै दिव्य प्रेमाभक्तिद्वारा अत्यन्त घनिष्ठतापूर्वक मैमा तल्लीन रहन्छ। यो मेरो मत हो। तसर्थ जो सधैँ परमेश्वरको चिन्तन गर्दछन् तिनीहरु नै एकैसाथ सबैभन्दा ठूला योगी, सर्वश्रेष्ठ ज्ञानी र महान् भक्त हुन्। अर्जुन क्षत्रिय भएकोले उनले युङको त्याग गर्नुहुँदैन भन्ने भनाइ कृष्णको थियो। अतः अर्जुनले कृष्णलाई स्मरण गर्दै युद्भमा संलग्न रहे भने मात्र मृत्युकालमा उनले कृष्णको नाम स्मरण गर्न सक्नेछन्। तसर्थ मृत्युकालमा भगवान्को स्मरण गर्न सकियोस्

भन्नाका लागि नै मानिसले  भगावानको दिव्य प्रेमाभक्तिमा आफूलाई समर्पित गर्नुपर्दछ।  भक्तिवेदान्त स्वामी प्रभुपाद  श्रीमाद् भगवद् गीता   यथारुपमा व्याख्या गर्नुहुन्छ– वास्तवमा हामी आफ्नो शरीरले मात्र होइन मन र बुद्धिले पनि काम गर्दछौँ त्यसैले यदि हाम्रो मन र बुद्धि सदैव परमेश्वरकै विचारमा मग्न रहिरहे भने इन्द्रियहरु पनि स्वाभाविक रुपले  सेवामा लागिरहन्छन्। इन्द्रियहरुको काम बाहिरबाट उस्तै देखिए पनि यसबाट मानिसका भित्री चेतनामा परिवर्तन आउँछ। भगवद्गीताले पनि हामीलाई आफ्ना मन र बुद्धि भगवान्मा लीन गराइराख्न कसरी सकिन्छ भन्ने कुरा सिकाएको छ। यस्तो तन्मयताले मानिसलाई भगवङाममा पुग्न सक्षम बनाउँदछ। मन कृष्णको सेवामा लाग्यो भने इन्द्रियहरु स्वतः उहाँकै सेवामा संलग्न हुन थाल्दछन्। यो एउटा यस्तो कला हो जसद्वारा मानिस भगवान् श्रीकृष्णको चिन्तनमा पूर्णरुपले मग्न रहन सक्छ र साथै भगवद्गीताको रहस्य पनि यही हो।

आधुनिक मानिसले चन्द्रमासम्म पुग्नका लागि त कठोर सद्ध्घर्ष गरेको छ तर उसले आफ्नो आध्यात्मिक उत्थानका लागि त्यस्तो कठिन प्रयास गरेकै छैन। मानिसले आफ्नो केही समय भगवान्को नाम स्मरण गर्ने अभ्यासमा लगाओस्। यो अभ्यास नै भक्तियोग हो।

श्रीभद्भागवत (७.५.२३) मा भनिएको छ—

श्रवणं कीत्र्तनं विष्णोः स्मरणं पाद सेवनम्।

अर्चनं वन्दनं दास्यं सख्यमात्म निवेदनम्।।

भक्तिका यी नौवटा विधिहरु छन्। तीमध्ये कुनै सिद्भ व्यक्तिबाट भगवद्गीताको श्रवण गर्नु सबैभन्दा सजिलो विधि हो।

भगवद्गीता (८.८) मा भगवान् भन्नुहुन्छ—

अभ्यासयोग युक्तेन चेतसा नान्यगामिना।

परमं पुरुषं दिव्यं याति पार्थानुचिन्तयन्।।

‘हे अर्जुन! जसले यो पथबाट विचलित नभइकन आफ्नो मनलाई निरन्तर मेरै स्मरण गर्ने कार्यमा व्यस्त राख्दछ र भगवान्का रुपमा मेरो ध्यान गर्दछ त्यसले अवश्य पनि मलाई प्राप्त गर्दछ।’ यो त्यति कठिन बिधि होइन तापनि यसलाई कुनै अनुभवी व्यक्तिसँगै सिक्न, उपयुक्त हुन्छ।

‘तद्विविज्ञानार्थं स गुरुमेवाभिगच्छेत्’ अर्थात जसले आफूभन्दा पहिलेदेखि यो विधिको अभ्यास गरिरहेको छ त्यसैसँग गएर सिक्नुपर्छ।

मानिसको मन सधैँ यताउति उडिरहन्छ तापनि यसलाई निरन्तर भगवान् कृष्णको रुप वा उहाँको नामध्वनिमा केन्द्रित गरिरहने अभ्यास गर्नुपर्छ। मन स्वभावैले चञ्चल हुन्छ, कहिले यता र कहिले उता दौडिरहन्छ तर भगवान् कृष्णको नामध्वनिमा भने यो स्थिर हुनसक्छ। त्यसैले हामीले परमधाम वा आध्यात्मिक जगत्मा विराजमान हुनुभएका परमपुरूष अर्थात् भगावानको ध्यान गर्नुपर्छ र यसरी उहाँलाई प्राप्त गर्नुपर्छ। परमउपलब्धि वा परमअनुभूतिको बाटो र उपाय भगवद्गीतामा बताइएको छ। यी ज्ञानका ढोकाहरु सबैका लागि खुला छन्। त्यहाँ कुनै रोकटोक छैन। भगवान्को स्मरण गर्दै र उहाँको चिन्तन गर्दै हरेक तहका मानिस कृष्णसम्म पुग्न सक्छन्। उहाँका बारेमा श्रवण गर्न र चिन्तन गर्न सबैका लागि सम्भव छ। जब हामी भौतिक प्रभावबाट कलुषित हुनपुग्दछौँ, त्यस बेला हामी बङ कहलाउँछौँ। हामीले आफूलाई प्रकृतिको उत्पादन मान्दछौँ त्यसैले हामीमा मिथ्या चेतना प्रकट हुन्छ। यो मिथ्या अहद्ध्कार हो। जसले आफूलाई शरीरमात्र हुँ भन्ने ठान्दछ त्यसले कहिल्यै पनि आफ्नो स्वरुप चिन्न सक्दैन। भगवद्गीताको प्रवचन पनि यस्तो देहात्म–बुद्धि भएका मानिसहरुलाई मुक्त गर्नका लागि गरिएको थियो। मुक्तिको अर्थ यो भौतिक जगत्को कलुषित चेतनाबाट मुक्त भएर शुद्भ चेतनामा स्थिर हुनु हो। भगवद्गीताको समग्र उपदेश यही शुङ चेतनालाई जागृत पार्ने कुरामा केन्द्रित छ। यसैले गीताको अन्तमा भगवान्ले अर्जुनलाई विशुङ चेतना प्राप्त भयो कि भएन भनेर प्रश्न गरिरहनुभएको हामी देख्छौँ। शुङ चेतनाको अर्थ हो भगवान्को आदेशानुसार कर्म गर्नु। शुङ चेतनाको सार पनि यही हो। भगवद्गीता (९.३२.३३) मा भगवान् भन्नुहुन्छ– मां हि पार्थ व्यपाश्रित्य येऽपि स्यु पापयोनयः। Žस्त्रयो वैश्यास्तथा शूद्रास्तेऽपि याŽन्त परां गतिम्।। ३२।।

किं पुनब्र्राह्मणाः पुण्या भक्ता राजर्षयस्तथा।

अनित्यमसुखं लोकमिमं प्राप्य भजस्व माम्।।३३।।

यस प्रकार भगवान् भन्नुहुन्छ– ‘वैश्य, पतिता स्त्री, श्रमिक (श्रमजीवी) या अधम योनीमा जन्मेका मानिसले पनि भगावनलाई पाउन सक्छन्। यसका लागि मानिसलाई धेरै ठूलो बुद्धिको आवश्यकता पर्दैन। जसले भक्तियोगको सिद्भ ान्त स्वीकार गर्दछ, जसले परमेश्वरलाई जीवनको परमआश्रयका रुपमा ग्रहण गर्दछ र भगावनलाई   नै सर्वोच्च लक्ष्य या परमगति मान्दछ त्यसले आध्यात्मिक आकाशमा भगवान्को सान्निध्य प्राप्त गर्दछ।   बताइएको सिङान्तअनुसार चल्ने मानिसले आफ्नो जीवनलाई परिपूर्ण बनाउन सक्दछ र उसले आफ्ना जीवनका समग्र समस्याहरुको स्थाई समाधान पनि फेला पार्न सक्दछ। यही हो भगवद्गीताको सारसर्वस्व। सरांश के हो भने भगवद्गीता दिव्य साहित्य हो र यसलाई ध्यानपूर्वक पढ्नुपर्दछ।’ गीताशास्त्रमिदं पुण्यं यः पठेत् प्रयतः पुमान्। विष्णोपदमवाप्नोति भयशोकादिवर्जित।। गीता महात्म्य–१ जसले पढ्दछ यो दिव्य गीताशास्त्र निरन्तर। भय शोक हटी त्यसले विष्णुको पद पाउँछ।। भगवद्गीताको उपदेशलाई राम्रोसँग पालन गर्ने मानिसले जीवनका सबै दुःख कष्टहरुबाट मुक्ति पाउन सक्दछ। ‘भयशोकादिवर्जितः।’ त्यस्तो मानिस यसै जीवनमा समस्त भयबाट मुक्त हुनपुग्छ र उसको अर्को जीवन पनि आध्यात्मिक हुनेछ। गीता अध्ययनको एउटा अर्को पनि लाभ छ— गीताध्ययन शीलस्य प्राणायामपरस्य च। नैव सŽन्त हि पापानी पूर्वजन्म कृतानि च।। गीता महात्म्य–२ प्राणायाम गरी जसले गीता अभ्यास गर्दछ। त्यसका पाप काटिन्छन् समस्त पूर्वजन्मका।।

अत्यन्त निष्ठा र गम्भीरतापूर्वक  भगवद् गीता अध्ययन गर्ने मानिस भगावानका कृपाले आफ्ना पूर्व जन्मका समस्त दुष्कर्मका प्रतिफलबाट बच्दछ। भगवद् गीताताको आखिरी अंशमा जोड दिँदै भगवान् भगवद् गीता (१८.६६) मा भन्नहुन्छ—

सर्वधर्मान्यपरित्यज्य मामेकं शरणं व्रज।

अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः।।

६६।।

‘सबै किसिमका धर्महरुलाई छोडिदेउ र मेरा शरणमा आऊ। म तिमीलाई सबै पापहरुबाट मुक्त पारिदिने छु, नडराउनु।’  यसरी आफ्नो शरणमा आउने भक्तहरुको पूरै उत्तरदायित्व भगवान् आफैले बहन गर्नुहुन्छ र यस्ता मानिसका सबै पापहरुलाई उहाँले क्षमा गरिदिनुहुन्छ।

गीता सुगीता कत्र्तव्या किमन्यैः शास्त्रविस्तरै।

या स्वयं पद्मनाभस्य मुखपद्माद्विनिःसृता।।

गीता महात्म्य–४

गीताशास्त्र पढे पुग्छ चाहिन्न अरु शास्त्र क्यै।

यो दिव्य वाणी हो साक्षात् श्रीकृष्ण भगवानको।।

भगवद् गीता  भगावानका मुखारविन्दबाट प्रष्फुटित भएको दिव्य वाणी हो।

त्यसैले यसको अध्ययन गरेपछि अन्य वैदिक साहित्यहरु पढिरहनुपर्ने कुनै आवश्यकता छैन। वर्तमान युगका मानिसहरु सांसारिक काममा अति नै व्यस्त हुने हुनाले तिनलाई समस्त वैदिक साहित्यहरुको अध्ययन गर्नु सम्भव छैन, त्यसो गर्नु आवश्यक पनि छैन। तिनीहरुको लागि त एउटै  भगवद् गीता    मात्र पर्याप्त छ किनभने यो नै सम्पूर्ण वैदिक ग्रन्थहरुको सार हो। र यसको प्रवचन भगवान् स्वयंले गर्नुभएको हो। भारतामृतसर्वस्वं विष्णुवक्त्राद्विनिःसृतम्। गीता–गङ्गोदकं पीत्वा पुनर्जन्म न विद्यते।। गीता महात्म्य–५ महाभारतको सार विष्णुका मुखको सुधा। पिईसकेपछि गीता पर्दैन फेरि जन्मिन।।

गीतामहात्म्यमा भनिएको पनि छ।  ‘सामान्यतया गङ्गाको जल पान गर्ने व्यक्ति त मुक्त हुन्छ भने भगवद्गीतारुपी अमृतजल पान गर्ने व्यक्तिको मुक्ति नहुने कुरै भएन। भगव  द् गीता  महाभारतको अमृतमय सारतत्व हो र यसलाई स्वयं भगवान् कृष्णले नै सुनाउनुभएको हो। अतः भगवद् गीता भगावानका  मुखारविन्दबाट निस्किएको दिव्य वाणी हो। त्यसैगरी गङ्गा भगावान चरणकमलबाट प्रवाहित भएको पावन जल हो। हुन त भगवान्का मुखारविन्द तथा चरणाविन्दमा कुनै खास अन्तर छैन तापनि निष्पक्ष भएर भन्नुपर्दा चरणबाट प्रवाहित भएको गङ्गाजलभन्दा मुखारविन्दबाट प्रवाहित भएको  भगवद् गीता अमृतजल नै अधिक  महत्वपूर्ण छ।’

सर्वोपनिषदो गावो दोग्धा गोपालनन्दनः।

पार्थो वत्सः सुधीर्भोक्ता दुग्धं गीतामृतं महत्।।

गीता महात्म्य–६

गीता अमृत हो दूध गाई हुन् उपनिषद, दुहुने व्यक्ति हुन् कृष्ण उनै गोपालनन्दन।

बाच्छो अर्जुन हुन् भोक्ता सारा भक्तसमाज छ।।

‘यो गीतोपनिषद् अर्थात् भगवद्गीता समस्त उपनिषदहरुको सार हो।

उपनिषदहरु गाई हुन् भने गीता तिनै गाईहरुको अमृतमय दूध हो।

ग्वालबालका रुपमा विख्यात भगवान् श्रीकृष्णले यसलाई दुहुने काम गर्नुभएको छ र अर्जुन बाच्छो जस्ता बनेर दूध पगारिरहेछन्।

अनि सबै विद्वान् तथा शुङ भक्तहरु भगवद्गीतारुपी यो अमृतमय दूध पान गरेर रमाइरहेछन्।

एकं शास्त्रं देवकी पुत्र गीतम्। एको देवो देवकी पुत्र एव।।

एको मन्त्रस्तस्य नामानि यानि।

कर्माप्येकं तस्य देवस्य सेवा।।

गीता महात्म्य–७ हाम्रा यौटै देवता कृष्ण प्यारा। यौटै शास्त्र कृष्णकै दिव्य गीत।।

यौटै मन्त्र कृष्णकै नाम राम्रो। उन्कै सेवा एउटै काम हाम्रो।। वर्तमान युगका मानिसहरु एउटै शास्त्र, एउटै ईश्वर, एउटै धर्म तथा एउटै वृत्तिका लागि अत्यन्त उत्सुक भइरहेका छन्। अतएव ‘एकं शास्त्रं देवकीपुत्र गीतम्’ अर्थात् भगवद्गीता नै संसारभरिका मानिसहरुको एकमात्र शास्त्र होओस्। ‘एको देवो देवकीपुत्र एव’ अर्थात् भगवान् श्रीकृष्ण नै सारा विश्वका लागि एक मात्र उपास्य देव होऊन्। ‘एको मन्त्रस्तस्य नामानि यानि’ अर्थात् भगवान् कृष्णको नाम ‘हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे। हरे राम हरे राम, राम राम हरे हरे’ नै संसारभरिका मानिसहरुको एकमात्र मन्त्र बनोस्। ‘कर्माप्येकं तस्य देवस्य सेवा’ अर्थात उनै भगवान् कृष्णको सेवा गर्नु नै संसारभरिका मानिसहरुको एक मात्र कर्म बनोस्।’

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics