अर्को साता मनसुन



बंगालको खाडीबाट आएको वाफयुक्त वायुको (जलवाष्प) प्रभावका कारण राजधानीसहित पूर्व, पश्चिम र मध्यको पहाडि भागमा मौसममा परिवर्तन आएको छ ।

जल तथा मौसम पूर्वामान महाशाखका अनुसार बंगालको खाडीबाट आएको वाफयुक्त वायुको (जलवाष्प) कारण वर्षा भएको हो ।

अहिले भइरहेको वर्षाले पनि  यो वर्षको मनसुन चाँडो भित्रिने संकेत रहेको मौसमविद समिर श्रेष्ठले बताए । मौसमविद् समिरका अनुसार यो वर्ष नेपालमा मनुसुन अघिल्लो वर्षको तुलनामा चोडो प्रवेश हुने छ । उनले भने,‘सामान्यतया जुन १० तारिखमा नेपाल प्रवेश गर्ने मनसुन यो वर्ष भने अघि नै मनसुन भित्रिने छ । ’

मनसुन सुरु भएपछि सबै ठाउँमा राम्रो सँग पानी पर्न श्रेष्ठले जानकारी दिए । नेपालमा भित्रिएको मनसुन एक सातापछि क्रमशः मुलुकभर फैलिने गर्छ ।

भारतको  दक्षिणी भेगका केरला , कर्नाटक ,तमिलनाडु र श्रीलकांमा मनसुन भित्रिसेको छ । त्यसैले पनि यो वर्ष विगतका वर्ष भन्दा चाँडो मनसुन भित्रिने मौसमविदहरुको भनाई छ ।
नेपालमा २०१६मा जुन १५ तारिख र २०१७मा जुन १२ मनसुन भित्रिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics