प्रधानमन्त्रीको चाहना –‘एक नेपाली एक बिरुवा’

प्रधानमन्त्री केपी शर्मा ओलीले एक नेपाली एक फलफूलको विरुवा अभियान सुरु गरेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबारमा लिची र एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले यो अभियानको सुरुवात गरेका हुन् ।



अभियानको सुरुवात गर्दै प्रधानमन्त्री ओलीले देशैभरी १ लाख भन्दा बढी फलफूलका विरुवा रोपिने जानकारी दिए ।

“सबैले फलफूलका विरुवा रोप्ने अभियान चलाउनु पर्दछ ” प्रधानमन्त्री ओलीले भने “फलफूल रोपे हरियाली पनि हुन्छ । फल खानपनि पाइन्छ ।” फलफूलको बगैंचाले इकोसिस्टम समेत सन्तुलित बनाउने प्रधानमन्त्री ओलीको भनाइ छ ।



नेपाललाई फलफूलको सुन्दर बगैंचा बनाउनुपर्ने प्रधानमन्त्री ओलीले बताए । समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न फलफूल रोपण अभियानले ठुलो सहयोग गर्ने ओलीको अपेक्षा छ ।



सिंहदरबार परिसरमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेललगायत मन्त्री र सचिवहरुले समेत विभिन्न जातका फलफूलका विरुवा रोपेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics