वन्यजन्तु अपराधमा ८८ जना पक्राउ

 पछिल्लो करिब एक वर्षको अवधीमा वन्यजन्तु अपराधमा सक्रिय रहेका ८८ जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान व्युरोले २०७४ बैशाख १२ देखि २०७५ जेठसम्ममा वन्यजन्तु अपराधमा दुई जना चिनीया नागरिकसहित ८८ जनालाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार वन्यजन्तुसम्बन्धी अपराधमा यो अवधीमा एक जना महिला मात्रै पक्राउ परेका छन् । बाँकी ८७ जना पुरुष रहेका छन् । व्यूरोको तथ्याँकअनुसार पक्राउ परेकाहरुमध्ये सबैभन्दा उमेर २० देखि ६७ वर्षसम्मको छन् । पक्राउ परेकामध्ये कतिपय दोषी भनिएकाहरु फरारसमेत भएका छन् । गैँडाको खाग ओसार पसार तथा खरिद बिक्री गर्ने, कस्तुरीको आखेटोपहार, हात्तीको दाह्रा र अवैध रूपमा बाधको छाला र हाड ओपारपसार मुद्दा लागेको चारजना दोषी फरार भएका छन् ।

सालकको खपटा १ सय ६२ केजी सहित २ जना चिनीया नागरिक पक्राउ परेका छन् । त्यस्तै जीवित चिम्पाञ्जी, बाँदर तथा पंक्षीहरु ओसारपसार तथा खरिद बिक्री वितरणमा संग्लन भारत र पाकिस्तानी नागरिक पक्राउ परेका थिए ।

ब्युरोका अनुसार पक्राउ परेकाहरुबाट वन्यजन्तुसम्बन्धी विभिन्न दुर्लभ बस्तुसमेत बराबद गरिएको छ । चितुवाको छाला, सालकको खपटा, हात्ती, गैँडाको खाग, बाघ, जीवित हुचिल थान–१, कस्तुरीको विना जस्तो आखेटोपहार, चितुवाको दाँत, गोहीको छाला, झारलको छाला, हाब्रेको छाला, ध्वाँसे चितुवाको छाला, वन्यजन्तुको हड्डी, मासु, मृत हुचिल र भालुको पितलगायतका बस्तु बरामद गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार गैरकानुनी तरिकाले गैँडा, बाघ, हात्ती, कस्तृरी, मृग, ध्वांसे चितुवा वा गौंरीलाई मार्ने, घाइते बनाउने र खरिद गर्न नपाइने उल्लेख छ ।
हस्तानान्तरण गरी लिने दिने, गैँडाको खाग वा कस्तुरीको वीना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने खरिद गर्ने वा विक्री गर्ने व्यतिलाई पाँच लाख रुपैंयादेखि दश लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ । साथै पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरिएको छ ।

अन्य संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैंयाँदेखि पाँच लाख रुपैयाँसम्म वा  १ देखि १० बर्ष सम्म हो कैद वा दुवै सजाय हुने उल्लेख गरिएको छ । त्यस्तै संरक्षित सिकार गरी मारेमा वा घाइते बनाएमा पन्ध्र हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनादेखि नौं महिनासम्म कैद वा दुवै सजायको व्यवस्था छ । त्यस्तो कसूर गर्दा वन पैदावार हटाएको वा नोक्सानी गरेको भए सो बापत हुने सजाय समेत हुने कानुनी व्यवस्था छ ।

वन्यजन्तु विज्ञ नरेश सुवेदीले कानुनको प्रभावकारी कार्यान्वयन नभएकाले वन्यजन्तुसम्बन्धी घटनाहरू दोहोेरिने गरेको जानकारी दिए । उनले भने, ‘घाँस, दाउरा, काठलगायतका राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षण बाहिर नै पाउने व्यवस्था गर्नुपर्छ । जसले गर्दा उनीहरू भित्र छिर्ने वातावरण पाउँदैंनन् । र वन्यजन्तुसम्बन्धी घटनामा पनि कमी आउँछ ।’ उनका अनुसार कतिपयले कानुन नजानेर पनि पैसाको लोभमा वन्यजन्तु मार्ने र घाइते बनाउने काममा सहभागी हुने गरेको उनले बताए ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics