साना नदीहरूमा बाढीको जोखिम



आगामी तीन दिनमा स–साना नदीहरूमा बाढीको जोखिम देखिएको छ । बाढी पूर्वामान महाशाखाले सार्वजनिक गरेको बाढी बुलेटिनमा स–साना नदीहरूमा पानी परिरहेको बखत सचेत अपनाइराख्न सुझाव दिएको ।

त्यस्तै ठुला नदीहरूमा भने बाढीको जोखिम नरहेको उल्लेख गरिएको छ ।

बाढी बुलेटिनमा विशेष गरी देशको पूर्व र मध्ये क्षेत्रबाट प्रबाह हुने ठूला नदीहरू कन्काई ,कोशी,कमला, बागमती र नारायणीमा आइतबार देखी मंगलबार सम्मै बहाब बढ्दो उल्लेख छ ।

यि नदीहरूका बाढी पूर्वानुमान केन्द्रहरूमा मंगलबार सम्म १ मिटर सम्म जलसतह बढ्न सक्ने जलविज्ञान महाशाखाले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics