एकै पोखरीका ५० लाख माछा मरे, किसान चिन्तित



कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं. १० को ठुलो गलहामा लाखांैका माछा मरेका छन् । केहि दिन देखि बढेको अत्याधिक गर्मीका कारण मदन यादवको ५० लाख बढीकाे माछा मरेका हुन् । ४४ कठ्ठा क्षेत्रफलमा रहेका २ वटा पोखरीमा यादवले माछा पालन गरेका थिए । बेच्न ठिक्क भएका माछा एकाएक मरेपछि माछा किसान यादव चिन्तित छन् ।

यादवले गत बर्ष मात्र ४४ कठ्ठा जग्गामा व्यावसायिक माछापालन थालेका थिए । यादवका अनुसार मरेका माछा मांगुर जातका हुन । लाखौँका माछा मरेपछि किसान यादवले स्थानीय जनप्रतिनिधि गुहार्न थालेका छन् । निम्न स्तरका किसान यादवले वाणगंगा नगरपालिकाका मेयर, उपमेयर र वडा अध्यक्ष सामु गुहार माग गरेका छन् । जसमध्ये ८६ हजार माछा राखिएको पोखरीका ९६ प्रतिशत माछा मरेको यादवले बताए ।

बुधबार नगरपालिकाका कृषि शाखा प्रमुख धनिराम आचार्य लगायतको एक टोली यादवको माछापोखरीमा गएका थिए । टोलीका अनुसार गर्मीको कारण माछा मरेको हुन सक्ने उनीहरूले अनुमान गरेका छन् । लाखौँका माछा मरेपछि चिन्तामा रहेका यादवलाई केही सहयोगको लागि सम्बन्धित ठाउँमा जानकारी दिने आश्वासन दिएका छन् ।

नगरका उपमेयर चक्रपाणी अर्यालले यादवलाई सहयोगको लागि प्रदेश र केन्द्र सरकार सँग समन्वय गर्ने जानकारी दिए ।

मांगुर जातको माछा सानो पोखरीमा पनि धेरै पाल्न सकिन्छ । गाउँ नजिकैको पोखरीका माछा मरेपछि उक्त क्षेत्रमा दुर्गन्ध फैलिएको छ । दुर्गन्धको कारण गाउँमा हैजा तथा महामारी आउँन सक्ने सम्भावना छ । मरेका माछा व्यवस्थापन गर्न खोजे पनि धेरै भएको कारण व्यवस्थापनमा समस्या परेको छ । केही साता यता जिल्लामा गर्मी ह्वात्तै बढेको छ । गत २७ र २८ गते जिल्लाको तापक्रम ४२ देखि ४४ डिग्री सम्म पुगेको जल तथा मौसम मापन बिज्ञान बिभागका कपिलवस्तु इकाई रामनगरका रामु रेग्मीले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics