हिउँचितुवा पाइने देशहरुको मन्त्रीस्तरीय बैठकमा यस्ता छन् एजेन्डा



हिउँचितुवा पाइने मुलुकहरूको दुई दिने मन्त्रीस्तरीय बैठक यही जुन १४ तारिख देखि सुरु भएको छ । उक्त बैठक किर्गिस्तानको इस्क कुल सहरमा हुँदै छ ।

नेपालसहित हिउंचितुवा पाइने मुलुकका सरोकार राख्ने मन्त्री, नीतिगत उच्च अधिकारी, युएनडीपी, जीईएफ, स्नो लिओपार्ड, स्नो लियोपार्ड ट्रस्टलगायतका संस्थाहरूले उक्त बैठकमा सहभागिता जनाएका भएका छन् ।

नेपालको तर्फबाट उक्त बैठकमा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख डा. महेश्वर ढकाल र राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यकारी निर्देशक दीपककुमार सिंह सहभागी भएका छन् ।

उदघाट्न सत्रमा मन्त्री बस्नेतले जीएसएलईपीको तेस्रो मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्दै हिउंचितुवा र यसको संरक्षण गर्न स्थानीय समुदाय र युवाको सहभागिताका लागि आह्वान गरेका छन् । हिउंचितुवा संरक्षण कार्यमा स्थानीय समुदायको सहभागिता र युवालाई हिउंचितुवाको संरक्षण तथा अध्ययन अनुसन्धानलाई जोड दिने उद्देश्यले नेपालले सन् २०१७ को जनवरीमा काठमाडौँमा दोस्रो मन्त्रीस्तरीय बैठक सम्पन्न भएको थियो ।

दोस्रो मन्त्रीस्तरीय बैठकमा घोषणा भएअनुसार कञ्चनजंघा संरक्षण क्षेत्रमा हिमालय अनुसन्धान केन्द्र स्थापना गर्ने काम अघि बढेको छ । यस्तै भविष्यमा बाँकी रहेका दुई वटा मध्य(अन्नपूर्ण) र पश्चिम(शे फोक्सुण्डो) भू परिधीय क्षेत्रमा त्यस्तै प्रकारको अनुसन्धान केन्द्र खोल्ने सरकारले नीति लिएको छ । हिउंचितुवाको संरक्षणका लागि जडिबुटी र पर्यापर्यटनजस्ता कार्यक्रममा आन्तरिकरण गर्नुपर्ने र निजी क्षेत्रका अतिरिक्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरक्षण साझेलार संघ संस्थाहरूलाई समेत हिउंचितुवा संरक्षण गर्नका लागि पाइने मुलुकसँग हातेमालो गर्न आह्वान गरिएको छ ।

दुई दिनसम्म चल्ने मन्त्रीस्तरीय बैठकले दोस्रो बैठकले गरेका निर्णयको पुनरावलोकन गर्दै हालसम्मको प्रगतिको समिक्षा गर्नेछ ।नेपाल, अफगानिस्तान, भुटान, च्नि, भारत, काजिस्तान, किर्गिस्तान, मंगोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायत १२ मुलुकमा हिउंचितुवा पाइन्छ । यसको सचिवालय किर्गिस्तानको राजधानी बिष्केकमा छ ।

नेपालको पूर्वीय क्षेत्र कञ्चनजंघा संरक्षण क्षेत्रदेखि पश्चिमको अपिनम्पा संरक्षण क्षेत्र गरी १२ ओटा क्षेत्रमा हिउंचितुवा पाइने अनुमान छ । हाल नेपालमा तीन हजारदेखि पाँच हजारको संख्यामा हिउंचितुवा रहेको अनुमान छ । विश्वभर भने चार हजार पाँचसयदेखि ६ हजार पाँचसयको संख्यामा हिउंचितुवा पाइन्छ ।

यस्तो छ, बैठकको एजेन्डा

१. हिउंचितुवालगायत ठूला बिराला प्रजातिको संरक्षण गर्न राष्ट्रिय र क्षेत्रीय तहमा आर्थिक स्रोत जुटाउने ।
२. ठूला बिराला प्रजातिको संरक्षणमा कसरी भूपरिधियस्तरमा एकीकृत कार्यक्रम सञ्चालन गर्ने ।
३. विश्वमा पाइने हिउंचितुवाको संख्या अनुमान गर्नका लागि के कस्तो विधि र तरिका अपनाउन सकिन्छ ।
४. वन्यजन्यु अपराधको तथ्य र तथ्याङ्कलाई कसरी व्यवस्थित गर्ने र योजना तर्जुमामा समावेश गर्न सकिन्छ । हिउंचितुवाको अपराधलाई कसरी नियन्त्रण सकिन्छ ।
५. इस्ककुल सहर घोषणा पत्र जारी गर्दै बैठक समापन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics