बैशाख महिनामा मात्रै खाद्यसम्बन्धी २२ मुद्दा

बैशाख महिनामा चामल ,दाल र , दूध लगायतका विभिन्न २२ वटा खाद्य व्यवसायीविरुद्ध मुद्दा परेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार मुद्दा दर्ता भएका खाद्य वस्तुहरू चामल, दाल, प्रसोधित पानी ,दूध, धनिया धुलो, प्रसोधित पिउने पानी, कुखुराको दाना ,सौफ मसला, सोयाबिन आयल, बिस्कुट, मुंग दाल र मुसुरोको दाललगायतका कम्पनी रहेका छन् खाद्यान्न उत्पादनहरू न्यूनस्तर , दुषित, लेबल र म्याद समाप्त लगायतका बढी भएको विभागले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूणचन्द्र वस्तीका अनुसार दोषीलाई ५ हजार देखि १० हजार जरिवाना र एक वर्षसम्म कैद हुने कानुन छ । सबैभन्दा धेरै मुद्दा हेटौंडामा दर्ता भएको छ । बैशाख महिनामा हेटौंडाको १२ वटा मुद्दा दर्ता भएका छन् ।

मुद्दा विवरण यस्तो छ :

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics