किर्तीपूरबाट उडेको बेलुनले गर्नेछ भविष्यवाणी



राजधानी तथा आसपासको क्षेत्रको वायुमण्डल र मौसमी अवस्था अब एउटा बेलुनले थाहा पाउनेछ । मौसमसम्बन्धी विभिन्न विवरण संलकन गर्नका लागि हरेक बिहान किर्तीपूरबाट जल तथा मौसम विज्ञान विभाले बेलुन उडाउदैछ ।

आकाशमा उड्ने बेलुनले त्यहाँका अवस्थाबारे जमिनमा रहेको केन्द्रमा हरेक मिनेटका सूचना उपलब्ध गराउँछ र विज्ञहरूले त्यसैका आधारमा मौसम तथा प्राकृतिक घटनाको पूर्वानुमान गर्नेछन् । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले बुधबार देखी हरेक दिन बिहान ५ : ४५  बजे एउटा बेलुन उडाउने बताए ।शर्माका अनुसार दुई वर्ष सम्म निरन्तर रूपमा त्रिभुवन विश्वविद्यालयबाट बेलुन उडाइने छ । उनले भने, ‘अहिले हामीसँग दुई वर्ष सम्म उडाउन मिल्ने बेलुन छ । दुई वर्ष पछि पनि निरन्तर गर्ने प्रयास गछौं । ’

विभागले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरेर बेलुन उडाउने भएको हो । मौसम पूर्वानुमान गर्नका लागि जमिनको सतहमा भएका मौसमी केन्द्रहरूबाट प्राप्त तथ्याङ्क सँगै बेलुन उडाएर उपल्लो वायुमण्डलमा भएका तथ्याङकहरु संकलन गर्ने विभागको तयारी छ ।

विद्यार्थीले नयाँ कुरा सिक्न पाउने साथै अध्ययन अनुसन्धानमा पनि यसले मदत गर्ने विभागको विश्वास छ । यो बेलुन हाइड्रोजन ग्यास भरिएको ठूलो आकारमा हुन्छ । बेलुन जमिनको सतहबाट बढिमा २० किलोमिटर माथिसम्म जाँदा पनि फुट्दैन । यसमा सेन्सर जडान गरिएको हुन्छ । सेन्सर जिपिएसमा जोडिने भएकाले उपल्लो तहका डाटाहरू मिनेट मिनेटमा लिन सकिन्छ । बेलुन २० किलोमिटर माथि पुगेपछि भने फुट्ने सम्भावना बढी रहन्छ ।

बेलुनले कसरी काम गर्छ ?

जब बेलुन सतहबाट उड्दै उड्दै जान्छ यसले आफ्नो काम गर्न थाल्छ । यसमा जडित सेन्सरहरूले वायुमण्डलको तापक्रम, आद्रता, वायुको गति, दिशालगायतको बारेमा जानकारी दिँदै जान्छ । यसलाई सतहमा भएको रिसिभिन्ग स्टेसनमा प्राप्त गर्ने काम हुन्छ । जबसम्म बेलुन माथि पुगेर फुट्दैन तबसम्म तथ्याङ्क प्राप्त भैरहन्छन् । प्राप्त तथ्याङ्कहरू कम्प्युटर मोडेलमा प्राप्त गरिसकेपछि बल्ल भविष्यवाणी गर्न मोडेल चलाउने काम हुन्छ । यसले एक दिन मात्र नभएर एक हप्ता सम्मकै सही भविष्यवाणी गर्न सक्छ । यो प्रविधि जडानपछि कुन कुन ठाउँमा चट्याङ पर्दैछ भन्ने पनि थाहा हुन्छ । नेपालको कुन ठाउँ बढि चट्याङग्रस्त छ यसबारेमा पनि जानकारी लिन यो प्रविधि महत्वपूर्ण हुनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics