उड्यो मौसम जाँच्ने बेलुन

A+ A-



राजधानीको वायुमण्डल र मौसमी अवस्था थाहा पाउन मौसमी बेलुन बुधबार बिहान ५ः ३८ मा त्रिभुवन विश्वविद्यालयको परिसरबाट उडेको छ । ४० वर्ष पछाडि फेरि मौसमी बेलुन उडाउने कार्यले निरन्तरता पाएको हो ।  अब हरेका दिन बिहान यसरी नै ५ः३० देखी ५ :४५मा बेलुन उडाएर जल तथा मौसम विज्ञान विभागले मौसम एकीन गर्ने छ । विश्व मौसम संगठन (डब्लुएमओ) रेडियोसन्ड जडित बेलुन हरेक दिन बिहान ५ः४५ र बेलुकी ५ः४५मा उडान गर्ने नियम छ । नियम अनुसार १५ मिनेट तल्लामाथि हुने भन्ने लचकता छ ।



नेपाल भने काठमाडौँ एयर ट्राफिकलाई मध्यनजर गदैं बेलुकी धेरै हवाई जहाज उड्ने भएकोले बिहानको समयमा बेलुन उडाउन  लागिएको छ ।  विभागमा सञ्चालित ‘जलवायु प्रकोप समुत्थान निर्माण आयोजना’मार्फत् बेलुन उडाएर वायुमण्डलको माथिल्लो तहको अवस्थासम्बन्धी तथ्याङ्क हासिल गर्न खोजिएको हो । ती वेदर बेलुन (रेडियो सोन्ड) जर्मनीबाट ल्याइएको हो ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले बुधबार देखी हरेक दिन बिहान ५ः३० देखी ५ :४५ बजे को बीचमा एउटा बेलुन उडाउने बताए । शर्माका अनुसार दुई वर्ष सम्म निरन्तर रूपमा त्रिभुवन विश्वविद्यालयबाट बेलुन उडाइने छ । उनले भने, ‘अहिले हामीसँग दुई वर्ष सम्म उडाउन मिल्ने बेलुन छ । दुई वर्ष पछि पनि निरन्तर गर्ने प्रयास गछौं । ’

त्रिवि परिसरबाट उडाइने बेलुनमा जडान हुने उपकरणले काठमाडौँ उपत्यका सहित आसपासका जिल्लाको अधिकतम ३० किलोमिटर उचाइसम्मको मौसमी सूचना संकलन गर्नेछ । करिब ४ करोड रुपियाँको लागतमा यस्तो अभ्यास सुरु भएको हो ।अहिले सम्म नेपालमा तल्लो वायुमण्डलीय तथ्याकको विश्लेषणबाट मौसम पूर्वानुमान हुँदै आएको थियो ।



जल तथा मौसम विभागले त्रिभुवन विश्वविद्यालय सँग सहकार्य गरेर मौसमी बेलुन उडाउन कार्य गरिएको छ ।  जल तथा मौसम विभागका अनुसार हाल सम्म तल्लो वायुमण्डलीय तथ्याकको विश्लेषणबाट मौसम पूर्वानुमान हुँदै आएकोमा अब माथिल्लो वायुमण्डलीय तथ्याङ्क समेत प्रयोग हुन गरी मौसम पूवानुमान गरिने छ ।

मौसमी बेलुनले माथिल्लो वायुमण्डलका विभिन्न उचाई र तहहरूको वायुमण्डलीय सूचकहरू जस्तै चाप तामत्रम, सापेक्षिक आद्रत ,वायुको दिशा र गति लगायतका मौसमी तथ्याङ्क संकलन गरि रेडियो उपकरण मार्फत जमिनमा रहेको रिसिभरमा पठाउँछ । यसरी प्राप्त हुने वायुमण्डलीय सूचनाको विश्लेषणबाट विश्वसनीय मौसम सघाउ पुग्दछ ।



विश्वभरि लगभग दैनिक १३०० रेडियोसोन्ड जडित बेलुन उडान हुन्छ । जल तथा मौसम विभागका महानिर्देशक डा . ऋषिराम शर्माले बेलुन उडाउँदा एक वर्षमा करिब १ करोड खर्च हुने बताए ।शर्माले खर्च भन्दा यसको धेरै सकारात्मक र फाइदा रहेको जानकारी दिए ।

अध्ययन अनुसन्धानको लागि पनि यो बेलुन उपयुक्त हुने दाबी जल तथा मौसम विज्ञान विभागको छ । विभागसँग अहिले दुई वर्ष सम्म पुग्ने बेलुन रहेको छ । दुई वर्ष पछि पनि बेलुन उडाउने कार्यलाई निरन्तरता गर्ने योजना विभागको रहेको छ ।



जल तथा मौसम विज्ञान केन्द्रीय विभाग नजिकै बेलुन उडाउन र तथ्याक विश्लेषणको लागि एउटा कार्यालय खडा गरिएको छ ।

राजधानी बाहिरका स्थान नेपालगन्ज , सुर्खेत र बिराटनगर चाडै बेलुन उडाएर मौसम एकिन गर्ने विभागको तयारी छ । यो भन्दा पहिला सन् १९७८मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बेलुन उडाउने परीक्षण अभ्यास भएको त्रिवि जल तथा मौसम विज्ञान विभागका प्रमुख डा. दीपक अर्याल जानकारी दिए।

सर्वप्रथम चटाङ सहायताबाट उच्च वायुमणडिय मौसमी मापन गरिन्थ्यो । पहिलो रेडियोसोन्ड १९२१मा फ्रान्सले बनाएको हो । सरकारी मौसम पूर्वानुमान संस्थहरुले १९३० देखिनै रेडियोसेन्ड उडान गरी मौसमी गतिविधिको मापन गरिरहेका छन् ।

मौसमी बेलुन के हो ?

१. हाईड्रोजन वा हिलियम ग्यासले भरिएको रबर बेलुनका माध्यमबाट रेडियोसोण्ड उपकरणलाई वायुमण्डलको माथिल्लो तह सम्म उडाईन्छ ।

२.सामान्यता बेलुन १ देखी ३ घन्टा सम्म उड्छ ।

३. बेलुन कति उचाई सम्म जान्छ भन्ने कुरा बेलुनको वाक्लोपना र घेरामा निर्भर गर्छ । सामान्यता बेलुन २० कि.म माथि सम्म पुग्दछ ।

४. जति जति बेलुन माथि जान्छ , उति वायुमण्डलीय चाप कम हुन्छ र बेलुन फुल्दै जान्छ । अन्ततः एउटा अवस्थामा बेलुन फुट्छ र जमिनमा खस्छ ।

५.जब बेलुन फुट्छ यो फुटेको बेलुन र रेडियोसोण्ड उपकरण सँगै रहेको प्यारासुटको सहायताले बिस्तारै जमिनमा खस्छ । यो खस्ने गति बिस्तारै हुन्छ जसले जनधनको क्षति गर्दैन ।

५. रेडियोसोण्डको जसमा तौल ३५० ग्राम हुन्छ जसमा बेलुन सँगै माथि जाने उपकरणको तौल १०० ग्राम हुन्छ ।

६. जमिनमा खसेको रेडियोसोण्ड उपकरण पुन काम लाग्ने भएकाले फेला पार्ने व्यतिmलाई जल तथा मौसम विज्ञान विभागमा सम्पर्क गर्न सूचित गरिएको छ ।

तस्बिरहरु : विकास नेपाल

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics