नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो, पहिरोले यात्रुलाई सास्ती



पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । दिउँसो १२ बजे सडक खण्डको चार किलो भन्ने स्थानमा ठूलो पहिरो खसेपछि पुनः सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहिरो पन्छ्याएर अहिले बाटो दुई तर्फ सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा बिहानैदेखि ढुङ्गाहरू झरिरहेकोले बाटो अवरुद्ध भएको थियो ।सो सडक खण्डमा बिहान तीन ठाउँमा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।

लगातार पहिरो खस्न थालेपछि यातायात सञ्चालनमा समस्या भएको छ । लगातार पहिरो खसेका कारण सो सडक खण्ड भएर यात्रुहरूले सास्ती भोग्नु परेको छ । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुईँ कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics