धादिङ केन्द्रविन्दु भएर भूकम्प

धादिङ केन्द्रविन्दु भएर बिहिबार ५ रेक्टरको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको र जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेकी जिल्लाहरुमा महसुस गरिएको थियो ।

मंगलबार पनि धादिङ केन्द्रविन्दु रहेर ३.८ रेक्टरको भूकम्प गएको थियो ।

भूकम्पको क्षतिको विवरण भने आएको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics