पहाडी क्षेत्रमा वर्षा हुने



देशका पहाडी क्षेत्रमा अगामी तीन दिन वर्षा हुने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिन बिहीबार, शुक्रबार र शनिबार  हल्का देखी मध्यम वर्षा हुने छ ।

वर्षा नहुँदा मध्य र पश्चिम तराईका अधिकांश भेगमा गर्मी निकै बढेको छ। तर, अब मनसुन सक्रिय बनेसँगै वर्षा हुने र गर्मी हट्ने अनुमान गरिएको छ।

त्यस्तै अगामी तीन दिन ठूला नदीहरूमा ठूलो बाढी जोखिम देखिँदैन ।

तर पहाडी र चूरेबाट बग्ने साना नदीहरूमा पानी परिरहेको समयमा सचेतना अपनाइराख्न जल तथा मौसम विज्ञान विभागको सुभाव छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics