रुख रोप्दै राष्ट्रिय वृक्षारोपण दिवस

A+ A-



समृद्धिका लागि वन तथा स्वच्छ वातावरण नाराका साथ सुरु भएको महाअभियान आरम्भ भएको छ ।

सरकारले २०७५ लाई राष्ट्रिय बृक्षारोपण दिवस मनाउने निर्णय गरेको छ ।सोही निर्णयअनुसार  असार १४ गते बृक्षारोपण अभियान सुरु गरेको हो ।

दिवसका अवसरमा जिल्लास्थित कार्यालयहरूको परिसरहरूमा रुद्राक्ष, धुपी सल्ला, कपुर, नीम, चाँप, सुन चाँप, रक्तचन्दन, सुगन्ध कोकिला, रिठ्ठा, हर्रो, बर्रो, अमला, ज्याकारान्डा, कल्कीफुल, टिक, खयर लगायत बिरुवाहरू बुर्तिबाङ, हटिया गलकोट, कुश्मिसेरा, सिंगाना क्षेत्रका स्वास्थ्य चौकी, विद्यालय, सडक किनार, सामुदायिक वन क्षेत्र तथा निजी जग्गाहरूमा वृक्षारोपण गरिएको छ ।



अभियानको अवसरमा प्रदेश नम्बर ४ का प्रमुखसचिव श्रीनारायण प्रसाद विंडारीको आतिथ्यतामा बृक्षारोपण अभियान सुरु भएको हो । जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, क्षेत्रीय प्रशासन कार्यालय पोखराका सह–क्षेत्रीय प्रशासक गिरीधारी सुवेदीलगायतकाले अशोक, गोल्डेन धुपी, धुपी सल्ला, पहेँलो फुल लगायतका सौन्दर्यमूलक बिरुवाहरूको बोट बिरुवा रोपेर यो अभियानको सुरुवात गरेका हुन् ।

समृद्धिको लागि देशभरका सबै स्थानमा बिहिबार वृक्षारोपण  गरेर मनाइएकाे छ  ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics