दुम्सीको दुलामा पस्दा चार बेहोस



दुम्सीको दुलोमा पस्दा संखुवासभाको चैनपुर नगरपालिका–६, आइतबार भीरमा चार जना बेहोस भएका छन् भने एक जनाको अवस्था अज्ञात बनेको छ ।

दुम्सी खेद्ने क्रममा बिहिबार बिहान भीरको दुलामा छिरेका ५ जनामध्ये स्थानीय १९ वर्षीय रामबहादुर तामाङको अवस्था अज्ञात बनेको हो ।

दुम्सीको दुलोमा पसेका स्थानीय बुद्धिमाया तामाङ, अमृत तामाङ, सुरेश तामाङ, दिलकुमार तामाङ बेहोसी अवस्थामा फेला परेका छन् । उनीहरूलाई उद्धार गरी तुम्लिङटारस्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

हराएका एकजनाको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक हेमन्तविक्रम राणाले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics