चूरेका नदीहरूमा एक्कासी बाढी आउने



पूर्वको झापा, मोरङ ,सुनसरी, सप्तरी, उदयपूर , सिराहा , धनुषा, महोत्तरी , रौतहट ,नवरपरासी,कपिलवस्तु, रुपन्देही, दाङ ,बाँके , बर्दिया, कैलाली लगायत जिल्ला भएर चूरेबाट बग्ने साना नदीहरूमा एक्कासी बाढी आउने सम्भावना रहेको छ ।

देशको सबै प्रमुख नदीहरूमा जलसतह बढ्दो क्रममा रहेको छ ।

बाढी पूर्वानुमान शाखाले पश्चिमा मोहना, बबई ,पश्चिम राप्ति र आसपासका साना नदीजलधारमा भारी वर्षा भईराखेकोले जलसतह खतराको रहेको जनाएको छ ।

यसैगरी पूर्व तथा मध्य भागबाट बग्ने नदीहरू मेची, बिरिङ, निन्दा , पथरी कन्काई, बुढीखोला ,त्रियुगा, खाडी, गागन, लालबकैया, कमला, पूर्वी राप्ती, बागमती , रिउखोला लगायत चूरे आसमास बाट बग्ने सबै नदीहरूमा जलसतह सतर्कता तह आसपास हुने र केहीमा खतरा भन्दा माथी हुने अनुमान छ ।

बाढी पूर्वानुमान अनुसार सोमबार धेरैजसो स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा पूर्वी , मध्य र पच्चिम भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics