तराईमा डुवान, पहाडमा पहिरोः ११ जनाको ज्यान गयो

मनसुन सक्रिय भएसँगै तराईका जिल्लाहरुमा डुवान र पहाडमा पहिरो सुरु भएको छ ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा गरी ११ जनाको ज्यान गएको छ । तराई जिल्लाहरुमा डुवान तथा पहाडमा पहिरोमा परी उनीहरुको ज्यान गएको हो ।

गृह मन्त्रालयका अनुसार ८ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । रोल्पामा १८ दिनको शिशुसहित ३ जनाको मृत्यु भएको छ । बाँकेमा भेलले बगाएर चार जनाको मृत्यु भएको छ ।

यसैगरी काठमाडौं र पर्सामा नदीले बगाएर तथा कैलाली घर भत्किएर एकएक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

 

लगातारको वर्षाका कारण वीरगञ्ज, नेपालगञ्ज, नवलपरासी लगायतका स्थानमा थुप्रै घर डुवानमा परेका छन् । नाला बनाएको भएपनि निकास राम्रा नहुँदा घरहरुमा पानी पसेको छ  ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics