कञ्चनपुरमा ७० प्रतिशत धान रोपाई सकियो



कञ्चनपुरमा असार तेस्रो सातासम्म ७० प्रतिशत धान रोपाई सकिएको छ । मनसुन सक्रिय  हुन ढिलाइ गरेपनि प्रयाप्त सिँचाईको सुविधा भएकाले असार तेस्रो सातासम्म ७० प्रतिशत धान रोपाई सकिएको हो ।

जिल्लाको उत्तरी क्षेत्र (चुरे क्षेत्र) बाहेक अन्य क्षेत्रमा सिँचाइको प्रयाप्त सुविधा भएको र वर्षा समेत सुरु भएकाले बाँकी ३० प्रतिशत रोपाई एकसाताभित्रै सकिने जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्लामा हालसम्म ७० प्रतिशत रोपाई सकिएको जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरमा प्रमुख सागर दाहालले बताए।

महाकाली सिँचाई आयोजना अन्तर्गत १२ सय हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा छ । यस्तै, अन्य साना सिँचाइ आयोजना गरेर खेतीयोग्य जमिनको ३१ प्रतिशत भू भागमा मा सिँचाइको सुविधा रहेको कृषि विकास कार्यालय कञ्चनपुरको तथ्यांकमा उल्लेख छ ।

कञ्चनपुरमा ५६ हजार २ सय हेक्टर क्षेत्रफलमा खेतीयोग्य जमिन छ । जसमध्ये ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics