सदरमुकाम जोड्ने सडकको अवस्था दयनीय

बैतडीको सदरमुकाम खलंगा जोड्ने सडकको अवस्था दयनिय बन्दै गएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र गोठलापानी बजारदेखि जिल्लाको मुख्य सदरमुकाम गढी खलंगा जोड्ने सडकमा वर्षेनी बजेट छुट्ट्याइने भएपनि सडकको अवस्था भने दयनीय भएको छ । अधिकांश सरकारी कार्यालयहरू रहेको जिल्ला सदरमुकाम गढी खलंगा जोड्ने एक किलोमिटर सडकमा मात्रै बर्षेनी नगरपालिका, तत्कालिन जिल्ला विकास समिति र भवन डिभिजन कार्यालयले बजेट विनियोजन गरेको भएपनि उक्त सडकको व्यवस्थित तरिकाले मर्मत सम्भार नहुँदा सर्वसाधारण र सवारीचालकहरु जाखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।

छेउदेखि टुप्पो सम्म खाल्टाखुल्टीमात्रै रहेको उक्त सडकमा बढीजसो जिल्लाका महत्त्वपूर्ण कार्यालयका हाकिम र कर्मचारीरुले यात्रा गर्दछन् । तर सडक भने व्यवस्थित तरिकाले कहिले पनि मर्मत सम्भार हुने सेक्न । गएको आर्थिक वर्षमा मात्रै सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यलयले सडकको मर्मतका लागि १० लाख बजेट विनियोजन गरि काम गरेको शहरी विकास तथा भवन डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले बताए । भवन डिभिजन कार्यालयले उपभोक्ता समितिमार्फत सडकको मर्मत गरेको बताएपनि सडकमा खाल्डाखुल्डीको अवस्था भने उस्तै रहेको छ ।

२०६८ सालमा जिल्ला विकास समितिको ५० लाख लागतमा कालोपत्रे गरिएको उक्त सडकमा सहरी विकास तथा भवन डिभिजन कार्यालय र दशरथचन्द नगरपालिकाले पनि मर्मतको नाममा लाखौँ रुपैयाँ खर्च गरिसकेको छ । तर सडक व्यवस्थित तरिकाले मर्मत नहुँदा आफूलाई यात्रा गर्न निकै समस्या हुने गरेको विभिन्न कामका लागि सदरमुकाम पुग्नेहरुले गुनासो गर्ने गरेका छन् ।

सडकमा भएको खाल्डाखुल्डीकै कारण उक्त सडकमा गएको वर्ष दशरथचन्द नगरपालिकाको ट्याक्टर दुर्घटनामा परेको थियो भने यो वर्ष पनि सडकमा भएको खाल्डोबाट उछिट्टीएर केही दिन अघि एउटा जिप दुर्घटना भएको थियो । सडकलाई स्तरोन्नती गर्नका लागि चालु आर्थिक वर्षमा पनि आठ करोडको ठेक्का आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीले जनाएको छ ।नाली व्यवस्थापन, ढल निकास व्यवस्थापन नहुँदा बर्षातको समयमा झनै समस्या हुने गरेको छ । बर्षातको समयमा नाली परिएर सबै पानी सडक भएर बग्दछ । यसले गर्दा पैदल हिँड्न तथा सवारीसाधन समेत आवागमनमा समस्या हुने गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics