महुली पुल भासियो

A+ A-



पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका ५ स्थित महुली पुल भासिन थालेको छ ।

दुई दिन यताको वर्षातसँगै खोलामा आएको बाढीका कारण करिब २५ मिटरजती पुल भासिएको वडा अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिए । बिहान करिब ४ बजे पुल भासिन थालेको जानकारी पाएको उनले बताए । ‘बिहान आउँदा करिब २ इन्च भासिएको थियो, अहिले करिब १० इन्च भासिएको छ’ उनले भने–‘बिस्तारै–बिस्तारै भासिने क्रम जारी रहेकोले तत्कालै सर्पोटिङ्ग बाँधको आवश्यकता छ ।’

सप्तरीका एसपी मुकेशकुमार सिंहले पुलको एकसाईड मात्रै भासिएकाले वान–वे यातायात सञ्चालन गरिएको बताए । एसपी सहित सिडिओ सुरेन्द्र पौडेल लगायतको टोली घटनास्थलमा पुगेको छ ।
‘पुलको आधा भाग जमिन र आधा भाग मात्रै पुल छ’ उनले भने–‘जण्डौलपटिवाट जमिनको भाग चाहिँ भासिएको हो, आत्तिनु पर्ने अवस्था छैन ।’

सडकको बिचमा पूर्व–पश्चिम चिरा परेर एक साइड भासिएकाले त्यसको सपोर्टका लागि आवश्यक बाँध बनाउन पहल भइरहेको सिंहले जानकारी दिए । सडकका ईन्जिनियरलाई बोलाएर आवश्यक तयारी समेत सुरु गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics