बर्दिया राष्ट्रिय निकुञ्जमा ५१ वन्यजन्तु मरे



बर्दिया राष्ट्रिय निकुञ्जमा ५१ वटा वन्यजन्तु मरेका छन् । चालु आर्थिक बर्षको असार २० गतेसम्म ५१ वटा वन्यजन्तु मरेका हुन् । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार मरेका वन्यजन्युमध्ये प्राकृतिक कारण ८ वटा वन्यजन्तुको मरेका छन् । यस्तै २८ वटा वन्यजन्तु सडक दुर्घटनालगायत  र अन्य कारणबाट मारिएका छन् ।

प्राकृतिक रूपमा आफ्नै कालगतिले मरेका वन्यजन्तुमध्ये ३ वटा गैँडा, ३ वटा जरायो, एक बाघको बच्चा (डमरु) र एउटा हात्तीको बच्चा छन् । तीन वटा जरायो बबई नहरमा डुबेर मरेका छन् भन्ने डमरु  र   बच्चा गैंडा (केटो ) निमुनियाका कारणले मरेका छन् ।

त्यस्तै अप्राकृतिक कारणले गर्दा ४३ वटा वन्यजन्तु मारिएका छन् ।   चालु आर्थिक बर्षमा  ३४ वटा चित्तल  मरेका छन्। यसमध्ये १५ वटालाई कुकुरले मारेको छ भने १९ वटा सडक दुर्घटनामा परी मरेका छन् ।

सडक दुर्घटनामा दुम्सी ३ वटा, मल्साप्रो १ वटा, सेतो बाँदर ३, रतुवा १ वटा र एक बँदेल मरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रि बिनोद दाहालका अनुसार सडक दुर्घटनामा प्रायः रातिको समयमा हुनेगर्छ । बर्दिया राष्ट्रिय निकुञ्जमा धेरै वन्यजन्तु सडक दुर्घटनामा मर्ने गरेका छन् । बर्दिया निकुञ्जको अम्रेनीदेखि चिसापानीसम्म १४ किमिमा पूर्वपश्चिम राजमार्ग पर्छ । सैनावारदेखि बनियाभारसम्मको झन्दै १२ किमि लामो राजमार्ग क्षेत्र निकुञ्जको जंगलले ढाकेको छ । त्यसैले पनि हरेक वर्ष अन्य निकुञ्जको तुलनामा यस निकुञ्जमा धेरै वन्यजन्तु सडक  दुर्घटनामा मर्ने गरेका छन् ।

गत आर्थिक वर्ष २०७३/७४मा  निकुञ्ज तथा संरक्षित क्षेत्रहरूमा भएको सडक  दुर्घटनाबाट मात्रै एकसय ३३ वटा वन्यजन्तु मरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार,  सडक दुघर्टनाबाट सबैभन्दा धेरै वन्यजन्तु बर्दिया राष्ट्रिय निकुञ्जमा मरेका छन् । गत आर्थिक वर्षमा बर्दियामा मात्रै ६६ वटा वन्यजन्तु राजमार्ग दुर्घटनामा परी मरेका थिए ।

वन्यजन्तु विज्ञ सुवेदीकाअनुसार वातावरण अनुकूल विकास नहुँदा राजमार्ग क्षेत्रमा दुर्घटना बढेको हो । हाल नेपालमा ओभर पास (वन्यजन्तु माथिबाट आवतजावत गर्ने बाटो) र अन्डर पास (वन्यजन्तु तलबाट आवतजावत गर्ने बाटो) नहुँदा यो समस्या थप जटिल बन्दै गएको हो ।

१२ मुद्दा दर्ता

चालु आर्थिक वर्षमा बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सम्बन्धी १२ वटा मुद्दा दर्ता भएको छ । मुद्दामध्ये ९ वटा चित्तलको र तीनवटा सेतो बाँदरको सडक दुर्घटनासम्बन्धी छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार गैरकानुनी तरिकाले गैँडा, बाघ, हात्ती, कस्तृरी मृग, ध्वांसे चितुवा वा चौैंरीलाई मार्ने, घाइते बनाउने, खरिद गर्न नपाइने उल्लेख छ ।

त्यसैगरी हस्तानान्तरण गरी लिने दिने तथा गैँडाको खाग वा कस्तुरीको वीना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने, खरिद गर्ने वा विक्री गर्ने व्यतिलाई पाँच लाख रुपैंयादेखि दश लाख रुपैयाँसम्म जरिवाना गर्न व्यवस्था छ । यस्तै पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै अन्य संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।

त्यस्तै संरक्षित शिकार गरी मारेमा वा घाइते बनाएमा पन्ध्र हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनादेखि नौं महिनासम्म कैद वा दुवै सजायको व्यवस्था छ ।त्यस्तो कसूर गर्दा वन पैदावार हटाएको वा नोक्सानी गरेको भए वा बापत हुने सजाय समेत हुने हुने कानुनी व्यवस्था छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics