यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

A+ A-

१.असार २३ गते (शनिबार) दिनमा देशका पूर्वी र पश्चिम क्षेत्रका भू-भागहरुमा सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने र मध्य क्षेत्रका भू-भागहरुमा आंशिक बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। असार २३ गते साँझ देशभरिनै सामान्य बदलि रही थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ |

२. असार २४ गते (आईतबार) दिनमा देशभरिनै सामान्य बदलि रही केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ । असार २४ गते साँझ पनि देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने देशको थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ ।

३ .असार २५ गते (सोमबार) दिनमा देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने पूर्वी तथा मध्य क्षेत्रको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। असार २५ गते साँझ पनि देशभरिनै बदलि रही हल्का देखि मध्यम खालको वर्षा हुने तथा देशको थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

स्रोत : मौसम पूर्वानुमान महाशाखा    

प्रतिक्रिया दिनुहोस

web
analytics