चीन सरकालाई एक जोडी नेपाली गैँडा हस्तान्तरण



सरकारले मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकारलाई दुर्लभ मानिने एक जोडी एक सिंगे गैँडा हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साइटिस निर्यात प्रमाणपत्र, प्रजाति उत्पति प्रमाणपत्र सहित भद्र र रुपसी नाम गरेको एक जोडी एक सिंगे गैँडा चीनियाँ राजदूत यु होङमार्फत चीन सरकारलाई हस्तान्तरण गरेका हुन् ।  राष्ट्रिय प्रकृति संरक्षण कोषमा बिहीबार बिहान आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि चिनियाँ राजदूत यु होङलाई भद्र र रुपसी नाम गरेका एक जोडी गैँडा हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भद्र र रुपसी आफ्नो घर जस्तै ठानेर चीनमा पनि रमाएर बस्ने विश्वास व्यक्त गरे । ओलीले गैँडालाई राम्रो सँग हुर्काउन आग्रह समेत गरे । ओलीले भने, 'हामीले हाम्रो केटा केटी चीन सरकारलाई दिएको छौँ । हामी अब माइती भएका छौ ।'

प्रधानमन्त्री ओलीले गैँडा हस्तान्तरण कार्यले नेपाल र चीन देश बिचको सम्बन्धले गैँडा लगायत अन्य वन्यजन्तुहरूको चोरी शिकार नियन्त्रण गर्नमा समेत ठोस योगदान पुग्ने र विश्व समुदायलाई समेत सकारात्मक सन्देश दिन सफल हुने कुरामा जोड दिए ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गैँडा हस्तान्तरण कार्यले आगामी दिनहरूमा दुई देश बीच थप सुमधुर सम्बन्ध कायम हुने बताए । वन्यजन्तु, वनजंगल र जैविक विविधता र जैविक विविधता संरक्षणमा थप सहयोग र समन्वय हुने मन्त्री बस्नेतले जानकारी दिए ।

चीनयाँ राजदुत यु होङले नेपालबाट विशेष उपहार बापत प्राप्त गरेको गैँडालाई चीनमा विशेष रूपमा हुर्काउने बताइन । भद्र र रुपसीलाई  गोन्जाओ स्थित  चेमेलोङ  सफारी पार्कमा राखिने छ ।यस पार्कमा ५०० प्रजातिका वन्यजन्तु र २०० सयवटा वन्यजन्तु रमाएर बसेका छन् । नेपालको गैँडा भद्र र रुपसीको लागि गोन्जाओ स्थित  चेमेलोङ  सफारी पार्कमा सुन्दर र हरियाली वातावरण्मा विशेष घर बनाइएको छ । चीनियाँ राजदुत यु होङे भनिन, 'म विश्वस्त छु । भद्र र रुपसीले आफ्नो नयाँ घर मन पराउने छन् ।'

‘भद्र’ र ‘रुपसी’ लाई मंगलबार नै चितवनस्थित राष्ट्रिय निकुञ्जबाट काठमाडौँ ल्याइएको थियो ।



अब चीनबाट आउने विशेष जहाजमा चढाएर भद्र र रुपसीलाई चीन पठाइने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले जानकारी दिए ।

२०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैँडा उपहार दिने निर्णय गरेको थियो । त्यसको दुई वर्षपछि बिहीबार एकजोडी गैँडा चीनलाई हस्तान्तरण गरिएको छ । नेपाल सरकारले पोथी गैँडाको नाम ‘रुपसी’ र भाले गैँडाको नाम ‘भद्र’ राखिदिएको छ ।

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको बटुकदल गणका सह-सेनानीशिवराम खड्काको नेतृत्वमा आएको १० जना सैनिकसहितको टोलीले गैँडालाई स्कर्टिङ गर्दै काठमाडौँ ल्याएको थियो ।

गैँडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि केही समय चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.कमल गैरेको नेतृत्वमा कोषका भेटेरिनरी प्राविधिज्ञ किरण रिजाल, वन्यजन्तु प्राविधिज्ञ तीर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई गैँडासँगै चीन जाने छन् ।

नेपालले अहिलेसम्म विभिन्न देशमा २६ गैँडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिंगे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा पछिल्लो गणनाअनुसार ६४५ वटा गैँडा रहेका छन् । चितवनमा मात्रै ६०५ गैँडा रहेको तथ्याङ्क छ ।



नेपाल कुन समयमा कुन देशलाई दिएको थियो गैंडा उपहार ?

नेपालले ११ पटक गरी २६ वटा गैंडा मित्र राष्ट्रहरुलाई गैंडा उपहार स्वरुप प्रदान गरेको छ ।

उपलब्ध गराएको साल संख्या देश कैफियत
१.सन् १९८४ ४ वटा भारत प्राकृतिक बाँसस्थान
२.सन् १९८७ ४ वटा अमेरिका चिडियाखाना
३.सन् १९९० २ वटा जर्मनी चिडियाखाना
४.सन् १९९० २ वटा अमेरिका चिडियाखाना
५.सन् १९९३ २ वटा बंगलादेश चिडियाखाना
६.सन् १९९८ २ वटा बेलायत चिडियाखाना
७.सन् २००२ २ वटा जापान चिडियाखाना
८.सन् २००६ २ वटा अष्ट्रिया चिडियाखाना
९. २ वटा थाइल्याण्ड चिडियाखाना
१०. २ वटा बर्मा चिडियाखाना
११. २ वटा पाकिस्तान चिडियाखाना

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics