थापा भिटोफ नेतृत्वका सशक्त दावेदार

A+ A-

यही साउन १५ गते हुने गाउँ पर्यटन प्रर्वद्धन मञ्च(भिटोफ–नेपाल) को साधारणसभाको लागि नयाँ नेत्तृवका आकाँक्षीहरुबीच होडबाजी सुरु भएको छ ।

एक दर्जन आकाँक्षीहरुले नयाँ नेतृत्व सम्हाल्न आफ्नो दावी प्रस्तुत गरिसकेका छन् । जसमा नयाँ अध्यक्षका लागि सशक्त दावेदारका रूपमा भिटोफका पूर्व महासचिव एवं युवा व्यवसायी राजकुमार थापा देखिएका छन् ।

यस अघि पनि अध्यक्षका लागि उनले आफ्नो दावी प्रस्तुत गरेपनि सर्वसम्मत नेतृत्व चयन गराउने मञ्चको निर्णय अनुसार उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए ।

थापा ए वान एक्सकर्सन टुर्स एण्ड ट्राभल्स र बल्थली ईको हिल रिसोर्टका सञ्चालक समेत हुन् । यसको साथै बिभिन्न संस्थाको बिभिन्न तहमा रहेर काम गरेको अनुभव समेत थापासँग छ । ग्रामिण विकास विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेका थापाले ग्रामीण पर्यटनको विषयमा गहिरो अनुभव संघालिसकेका छन् ।

ग्रामिण पर्यटनमा पनि थापाको दुई दशक लामो अनुभव छ । त्यहीं अनुभवका आधारमा आफूले अध्यक्ष पदका लागि दावी प्रस्तुत गरेको थापा बताउँछन् ।

दुई कार्यकाल भिटोफको कार्यसमितिमा बसेर काम गरिसकेको अनुभव उनीसँग छ । पूर्व अध्यक्ष चित्र बहादुर गुरुङको नेतृत्वको समयमा उनी महासचिव थिए । उनकै पहलमा देशका बिभिन्न ठाउँमा ओझेलमा परेका गाउँहरूको पहिचान गरी प्रर्बद्धन गर्ने काम भएको थियो ।

त्यस पछिको कार्यकालमा भिटोफ नेतृत्वले सानातिना काम गरेपनि उल्लेख्य काम गर्न नसकेको आरोप सदस्यहरूबाटै आउने गरेको थियो ।

भिटोफलाई राष्ट्रिय रूपमै सशक्त संस्था स्थापित गराउन आफ्नो पहिलो प्राथमिकता रहने थापा बताउँछन् । नेपालका हरेक गाउँहरू पर्यटकीय दृष्टीले घुम्न लायक छन् र ती सबै ठाउँसम्म पर्यटक पु¥याउन पहल गर्ने आफ्नो मुख्य कार्यभार रहने थापा बताउँछन् । भिटोफ नेपाललाई डिजिटल रूपमा लैजाने सोच उनको छ । थापा भन्छन् –आन्तरिक रूपमा मेरो सबै आकांक्षी साथीहरूसँग कुरा भैसकेको छ । तसर्थ अन्तिममा सबै साथीहरूले मलाई नै सहयोग गर्नुहुन्छ र म निर्विरोध रूपमा निवार्चित हुन्छु । पहिलेको सहमति हेर्ने हो भने पनि पालो मेरै हो ।

मञ्चको आगामी नेतृत्वका लागि १ महिला सहित ६ जनाले अध्यक्षमा, ४ जनाले महासचिवमा र एक जनाले कोषाध्यक्षमा आफ्नो दावी प्रस्तुत गरिसकेका छन् ।

पूर्वमहासचिव राजकुमार थापासहित पूर्व प्रथम उपाध्यक्ष ध्रुव सिंखडा, वर्तमान प्रथम उपाध्यक्ष राम घले, द्वितिय उपाध्यक्ष दीपक दाहाल, वर्तमान महासचिव बासु पाण्डे र सचिव जस्पा पाण्डेले अध्यक्षमा दावी प्रस्तुत गरेका छन् ।

यस्तै संस्थाका वर्तमान कार्यसमिति सह–कोषाध्यक्ष कृष्ण बहादुर सुवेदी, पूर्व कार्यवाहक कोषाध्यक्ष दिपक खनाल, पूर्व सदस्य आशुतोस प्रधान र कार्यसमिति सदस्य केपी सुवेदीले महासचिवमा दावी प्रस्तुत गरेका छन् । महासचिवमा भने तीव्र प्रतिस्पर्धा हुने देखिएपनि सहमतिको प्रयार पनि जारी रहेको बताइएको छ ।

मञ्चका वर्तमान कार्यसमिति सदस्य राजकुमार धमला भने कोषाध्यक्षको एक्ला दावेदार हुन् ।

भिटोफ नेपालको साधारणसभा साउन १५ गते हुँदैछ । जसले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व छान्ने छ । भिटोफ नेपालमा अहिले ६९७ जना सदस्य छन् । यसको शाखा हाल पोखरामा मात्र रहेपनि नयाँ नेतृत्वसँगै सबै प्रदेशमा शाखा खोल्ने सोच संस्थाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics