वन्यजन्तुलाई जोगाउन नेपाल र भारतले समन्वय गर्ने



चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भले विपद्का बेलामा हुने वन्यजन्तुको क्षति रोक्न समन्वय बढाउने भएको छ ।

अघिल्लो वर्ष बाढीले वन्यजन्तुहरू बगाएर भारत पुर्‍याएकाले यस्ता विपद्बाट हुने क्षति न्यून गर्न समन्वयलाई चुस्त पार्ने सहमति भएको हो ।

केही दिनअघि चितवन निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरुबीच समन्वय बैठक बसेर यस्तो निष्कर्ष निकालिएको थियो । अहिले वाल्मीकि टाइगर रिजर्भले हात्तीसारको संख्यासमेत बढाएकाले गैँडालगायत वन्यजन्तुको उद्धारमा अझै सक्रिय भएर लाग्ने छ ।

चितवन निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भ वाल्मीकि आश्रम क्षेत्रमा जोडिएको छ ।

गत वर्ष साउन २८ र २९ गते चितवनमा भीषण बाढी आउँदा दर्जनौँ वन्यजन्तु मरेका थिए । बाढीले बगाएर भारत र सीमा आसपास पुर्‍याएको १० वटा गैँडालाई चितवन निकुञ्जले उद्धार गरेर ल्याएको थियो ।

अहिले पनि यस्तो विपद् निम्तिन सक्ने खतरालाई ध्यानमा राखेर विपद्मा वन्यजन्तु जोखिम न्यूनीकरणका लागि समन्वय गर्न थालिएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics