बाघको ‘हट स्पट’ बर्दियामा पर्यटकको ओइरो

तस्विर : सागर गिरी


पछिल्लो समयमा बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटको संख्यामा बृद्धि भएको छ । गत् आर्थिक बर्षमा २० हजार पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् ।

निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा बर्दिया राष्ट्रिय निकुञ्जमा २० हजार दुई सय ८२ जना पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा नेपाली १३ हजार पाँच सय ११ जना रहेका छन् । कूल भ्रमण गर्ने नेपालीमध्ये महिलाको संख्या ३ हजार एक सय २८ र पुरुषको संख्या १० हजार तीन सय ८३ रहेको छ ।

नेपाल बाहेक सार्क मुलुकबाट ८ सय १४ जनाले भ्रमण अवलोकन गरेका छन् । यसमध्ये महिला दुई सय १२ र पुरुष ६ सय २ जना रहेका छन् ।  त्यसैगरी सार्क बाहेक अन्य विदेशी मुलुकबाट ५ हजार ९ सय ५७ जनाले भ्रमण अवलोकन गरेका छन् । विदेशी मुलुकबाट भ्रमण गर्नेमा पुरुष ३ हजार १ सय ४७ र महिला ५ हजार ९ सय ५७ रहेका छन् ।

अघिल्ला आर्थिक वर्षको तुलनामा यो वर्ष पर्यटकको संख्यामा बृद्धि भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला १० वर्षमा नै यति ठूलो संख्यामा पर्यटकले भ्रमण गरेका थिएनन् । बर्दिया राष्ट्रिय निकुञ्जमा अघिल्लो आर्थिक वर्ष २०७३/ ७४ मा १७ हजार ९ सय ५९ जनाले भ्रमण अवलोकन गरेका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७२ /७३ मा १० हजार ६ सय ३८, आर्थिक वर्ष २०७१/७२ मा १३ हजार ५ सय ४८, आर्थिक वर्ष ७०/७१ मा १३ हजार दुईसय ७, आर्थिक वर्ष ६९/७० १२ हजार ९ सय ७४, आर्थिक वर्ष २०६८/६९ मा १० हजार ९ सय ६२, आर्थिक वर्ष २०६७/७८ मा ८ हजार ५५ जनाले भ्रमण अवलोकन गरेका थिए

आर्थिक वर्ष २०६६/६७ मा ६ हजार २ सय ४८, आर्थिक वर्ष २०६५/६६ मा ५ हजार ५६, आर्थिक वर्ष २०६४/६५ मा ४ हजार ४ सय ७३, आर्थिक वर्ष २०६३/६४ मा ३ हजार ७ सय १३, आर्थिक वर्ष २०६२/६३ मा एक हजार ३ सय ९४ र आर्थिक वर्ष २०६१/ ६२ मा एक हजार एक सय ७३ पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण अवलोकन गरेका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रि बिनोद दाहालका अनुसार नेपालमा पाटेबाघको अवलोकनको लागि उपयुक्त गन्तव्य भएकाले पाटेबाघ हेर्न पर्यटकको बढी घुइचो हुने गरेको छ ।

बेलायति राजकुमार हेनरी चाल्स अल्वट डेभिड ‘ह्यारीको ’बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका थिए । राजकुमार ह्यारीको बर्दिया भ्रमणले यहाँको पर्यटन विकासमा ठूलो टेवा पुगेको विश्वास गरिएको छ । भ्रमणकै कारण बर्दिया निकुञ्जको गरिमा विश्वभर चर्चा पाएको हो । बर्दिया राष्ट्रिय निकुञ्जमा बाटोको पहुँच अझ राम्रो बढाउन सकिए पर्यटकको संख्यामा थप बृद्धि हुने निकुञ्जकाे  विश्वास  छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भेगमा सल्लाका जंगल, तराईको समथर भेगमा सालको जंगल र बीचमा घाँसे मैदान भएकाले पर्यटक यो निकुञ्जप्रति निक्कै आकर्षित हुने गरेका छन् ।

पाटे बाघ, एक सिंगे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यस निकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल, गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् ।निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरूको अभिलेख गरिएको छ ।  पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा बर्सेनि पर्यटकको संस्था बढ्दै गएको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics