टमाटरको समस्या बुझन स्थानीय सरकार कृषकको बारीमै



विगत एक महिनादेखि टमाटर भारत निकासी नहुँदा चिन्तित बनेका पाँचथरको याङवरक र हिलिहाङका कृषकको बारीमै पुगेर जनप्रतिनिधी सहितको टोलीले अनुगमन गरेको छ ।

गाउँपालिमामा उत्पादन भएको गोलभेडा जिल्लाकै विभिन्न बजारमा लगेर विक्री गर्ने वातावरण बन्ने हो भने भारत सम्म लैजानु नपर्ने निष्कर्ष टोलीले निकालेको छ ।

याङवरक गाउँपालिका उपाध्यक्ष कमला कुमारी योङहाङको नेतृत्वमा गएको टोलीले पालिका क्षेत्रभित्र रहेका विभिन्न कृषकहरुको बारीमा पुगेर कृषकहरुको समस्या बुझेको थियो ।



गोलभेडा भारत निकासीका लागि भने स्थानिय तह बाट पहल हुन नसक्ने भएकोले यसका लागि प्रदेश सरकारलाई भारतको प्रदेश सरकार सित पहल गरिदिन सिफारिस गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बर आङदेम्बेले बताए ।

गोलभेडा निर्यात तथा बजारीकरण गर्न आगामी साउन ११ गते कृषकहरु सँग छलफल तथा अन्र्तक्रिया गरिने भएको छ । टमाटर आयातको सूचीमा नपरेको भन्दै भारतले एक महिना देखि निकासीमा अबरुद्ध गरिदिँदा यस क्षेत्रमा मात्रै ३ करोड वढिको टमाटर बारीमै कुहिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics