उपत्यकाको फोहोर व्यवस्थापन जटिल बन्दै



काठमाडौ उपत्यकाको ठोस कार्ययोजना नहुँदा फोहोरमैला जटिल बन्दै जान थालेको छ । नुवाकोटको ककनी गाउँपालिकाको सिसडोलमा दुई वर्षको लागि भनेर फोहोर व्यवस्थापन गरिँदै आएकोमा १४ वर्ष पुग्दा सम्म उक्त स्थानमा फोहोर फालिँदै आएको छ । फोहोर फाल्नका लागि सरकारले सिसडोलको २२ हेक्टर जमिन स्थानीयबाट अधिग्रहरण गरेको थियो ।

फोहोर व्यवस्थापन, डम्पिङ साइट वापत् स्थानीय विकास कार्यक्रम कसरी सञ्चालन गर्ने र बिकास निर्माण कसरी अनुगमन गर्ने भन्ने सम्झौताको तीन मुख्य विषय बनेको थियो । साथै तीन वर्ष भित्र धादिङको धुनेवेसी गाउँपालिकाको बञ्चरेडाडाँमा दीर्घकालीन डम्पिङ साइट बनाउने योजनाले अहिले कुनै पनि गति लिन सकेको छैन । १४ बर्ष बितिसक्दा पनि बन्चेरे डाँडामा ल्याण्डफिल साइट बनाउन सकेको छैन ।  सिसडोलमा फोहर थुपार्न नै छाडेको छ  ‘वञ्चरे डाडाँमा डम्पिङ साईठ बनाइएको भए २० देखि २५ वर्षका लागि ढुक्क हुने स्थिति थियो, काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘वञ्चरे डाडाँको विषयमा अझै तयारी भएको छैन ।’ जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)को डिजाइनमा १ अर्ब ८६ करोड रुपयाँ थियो ।

तर, अझै उक्त विषयमा सरकारले चासो देखाएको छेन । २०६४ मा सरकारले सिसडोलको विकल्पमा नुवाकोटकै आलेटारमा ल्याण्डफिल साइड बिकास गरेर फोहोर व्यवस्थापन गर्ने भनिएपनि पुरा हुन सकेन । २०६४ सालमा ल्याण्डफिल साइड रहने भन्ने स्थानमा सरकारले वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) गरे पनि उक्त स्थानमा फोहोर फाल्ने कुनै ठोस प्रगति हुन सकेन ।

नुवाकोटको बन्चेर डाँडालाई सिसडोलको विकल्पका रूपमा राखिएपनि वातावरणीय प्रभाव मूल्याङ्कन(ईआए) तीन वर्षमा गर्ने भनिए पनि पाँच वर्षपछि मात्रै पुरा भयो । जाइकाकै प्राविधिक टोलीले बन्चरे डाँडाको एक हजार ७ सय ९० रोपनी जग्गामा फोहर डम्प गर्न सम्भाव्यता अध्ययन गरेको थियो । फोहोर व्यवस्थापनका लागि एक हजार ७ सय ९० रोपनी मध्ये सम्पूर्ण जग्गा अधिग्रहण गरियो । मुआब्जा बापतको रकम पनि वितरण गरियो । तर तीन वर्षमा पनि ईआईए नभएपछि जाईकाले सहयोग रोक्यो । अब फोहोर व्यवस्थापन कहाँ गर्ने भन्ने समस्या काठमाण्डौ महानगरपालिकालाई छ ।

काठमाडौं महानगरपालिकाका अनुसार उपत्यकाको फोहर व्यवस्थापन गर्न लगानी बोर्डलाई दिने विषयमा पनि छलफल भइरहेको छ । फोहोरको प्रकार छुट्टाएर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की बताउँछन् । तर, अझै निजी क्षेत्रबाट ठोस योजना आउन नसक्दा फोहोर व्यवस्थापन चुनौती बनेको छ ।
बहसकै क्रममा उपत्यकाको फोहर निजी क्षेत्रलाई दिन सकिने भन्दै ०६७ बाटै लगानी बोर्डले चासो देखाएको थियो । बोर्डले विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) तयार भएको बताउँदै आएको छ । डिपीआर स्वीकृतदेखि लगानीकर्ताको खोजी हुँदासम्म उपत्यकामा हजारौँ टन फोहर उत्पादन भइसक्नेछन् ।

काठमाडौ, महानगरपालिका, ललितपुर महानगरपालिका र किर्तिपुरको फोहोर फ्या“क्न १४ वर्ष अघि सञ्चालनमा आएको सिसडोलमा अहिले काठमाडौँ र ललितपुरका १८ नगरपालिकाको फोहोर फ्याँक्ने गरिएको छ । काठमाडौँ बाहेक बनेपा र धुलिखेल नगरपालिकाको फोहोर समेत सिसडोलमे लगिने गरेको छ । सामान्य अवस्थामा दैनिक १५० ट्रक सिसडोल फोहोर बोकेर जाने गर्छन् । फोहोरको रासमाथि गाडी गुडाउँदा भासिएर गएको फोहोरको पहिरो काठमाडौँ महानगर पालिकाले वा“स गाढेर रोक्ने प्रयास गरेको छ । तर पहाड जत्रो फोहोरको थुप्रोको पुछारमा गाडिएको बा“साले पहिरो रोकिएको छैन ।

काठमाडौँ महानगरपालिकाको उप मेयर हरिप्रभा खड्गीले फोहर फाल्न सिसडोलको विकल्प नखोजिएकाले उपत्यकामा फोहर नउठ्ने समस्या बल्झिरहने बताइन् । उनले भनिन्,‘फोहर फाल्न सिसिडोलको विकल्प बारे कहिल्यै सोचिएन । केही योजना बनेको सुनियो । तर,कार्यन्वयनमा आएको देखिएन । यही कारण फोहरको समस्या बेलाबेलामा बल्झि रहन्छ । चार दिनदेखि यो समस्या फेरी बल्झिएर आएको छ । उपत्यकाकामा फोहर उठ्न सकेको छैन । बाटो बिग्रिएकाले यो समस्या आएको सूचना छ । केही दिनमा बाटो बन्ला । फोहर पनि उठ्लान् । तर, यो दिर्घकालिन समाधान होइन ।’

काठमाडौँ महानगरपालिकाका अनुसार सिसडोलमा उपत्यका भित्रका १८ स्थानीय तहको फोहर जान्छ । पछिल्ला दिनको तथ्याङ्क अनुसार दैनिक ८ सय मेट्रिक टन फोहर उपत्यकामा उत्पादन हुन्छन् । त्यसमा काठमाडौँ महानगरपालिकाको हिस्सा मात्रै ६२.५ प्रतिशत छ । अथार्त काठमाडौँ महानगरपालिकाबाट मात्रै दैनिक ५ सय मेट्रिक टन फोहर उत्पादन हुन्छ । सबैलाई लगेर सिसडोलमै फालिन्छ । यस हिसाबले काठमाडौँ महानगरपालिकाबाट मात्रै बितेको १४ बर्षमा २५ लाख ५५ हजार मेट्रिक टन फोहर लगेर सिसडोलमा थुपारिसकिएको छ । जस कारण सिसडोलमा अहिले फोहरको पहाड नै बनेको छ ।

निराजन पौडेल

प्रतिक्रिया दिनुहोस

web
analytics