संरक्षित क्षेत्रमा २७ वृतचित्र छायांकन

A+ A-

नेपालको संरक्षित क्षेत्रलाई आधार बनाएर गत आर्थिक बर्षमा २७ वटा वृत्तचित्र छायांकन भएको छ । अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा २५ वटा कम संख्यामा वृतचित्र निर्माण भएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्षमा २०७४।७५ मा यस्ता विषयवस्तुमा आधारित २७ वटा वृत्तचित्र छायांकन भएको हो ।

यसमध्ये विदेशी नागरिकले १७ वटा, सार्क मुलुकले एक र स्वदेशी नागरिकबाट ९ वटा वृत्तचित्र निर्माण भएको हो । भारत, जापान, बेलायत, डेनमार्क, अमेरिका, फ्रान्स जर्मन र फिनल्याण्डलगायतका मुलुकका नागरिकबाट यस्तो वृत्तचित्रको छायांकन भएको छ ।

अघिल्लो आर्थिक वर्षमा भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग अन्तर्गतको संरक्षित क्षेत्रहरूमा ५२ वटा वृत्तचित्रहरु छायांकन भएका थिए । ५२ मध्ये २३ स्वदेशी नागरिकबाट, सार्कस्तरमा १ र बिदेशी नागरिकबाट २८ वटा वृत्तचित्र छायांकन गरिएको थियो ।

यो आर्थिक वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा जोखिम वन्यजन्तुको खोजी, सगरमाथा राष्ट्रिय निकुञ्जमा लुक्लादेखि माउण्ट एभरेष्ट बेस क्यापसम्म, चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध सम्बन्धी र सगरमाथा राष्ट्रिय निकुञ्जमा बेलायतबाट राइडिङ सगरमाथा लगायतका विषयमा विभिन्न प्रकारको वृत्तचित्रहरु बनेका छन् ।

भारतबाट बीबीसी वल्ड वाइल्ड, नेपालबाट रणवीर, ड्रिम गर्ल र नालापानी नामक, रुमालै छ चिनो, लोक गीत डेउडा, जरिया फ्युजन ,हिमाल्या रोड्जि ,रोमियो एण्ड मुना, मेरो मामु, वृत्तचित्र छायङ्कन भएको छ । अमेरिकनद्धारा छायांकन गरेको फाइन्डिङ्स बिट वृत्त चित्र तीन ठाँउ चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा छायांकन भएकोले यसको लागि तीनहजार अमेरिकन डलर खर्च लागेको छ ।

यसरी नेपालको संरक्षितमा गरिएको छायांकन गर्दा गत आर्थिक वर्षमा २० लाख ६७ हजार ८ सय ८० रुपैयाँ राजश्व संकलन भएको छ ।
गत आर्थिक वर्ष सबैभन्दा बढी सगरमाथा राष्ट्रिय निकुञ्जमा नौंवटा वृतचित्र/चलचित्र छायांकन भएका छ । गत वर्ष भने सार्क मुलुकबाट २५ हजार, एक लाख ४५ हजार स्वदेशी नागरिकबाट र विदेशी मुलुकबाट २८ हजार अमेरिकन डलर राजस्व उठेको थियो ।

वृतचित्र र चलचित्र निर्माणका लागि विदेशी मुलुकसँग एक हजार अमेरिकन डलर, सार्क मुलुकसँग २५ हजार नेपाली रुपैयाँ र नेपालीसँग पाँच हजार रुपैयाँ लिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics