वन वातावरणमा १२ सहसचविको सरुवा

वन तथा वातावरण मन्त्रालयले  १३ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले सरुवा भएका सबैलाई आइतबार नै पत्र दिइसकेको छ ।

वन तथा वातावरणका  मन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालका सचिव डा. विश्वनाथ ओलीले क्षमता योग्यता र अनुभवका आधारमा सबैलाई उपयुक्त जिम्मेवारी दिन लामो समय छलफल भएका थिए ।

मन्त्रालयले दिएको जिम्मेवारी अनुसार सहसचिवहरूले पत्र बझिसकेका छन् ।  सचिव डा. ओलीले आफू क्षमता, दक्षता र योग्यतालाई सधैँ ख्याल गर्ने बताउँदै कसैलाई पनि अन्याय नहुने गरी जिम्मेवारी बांडफाँड गरेका थिए । मन्त्रालयले विभाजन गरेको जिम्मेवारी यस प्रकार छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics