मान्छे खाने बाघलाई निुकञ्जले नै पाल्ने

चितवन राष्ट्रिय निकुञ्जले सोमबार नियन्त्रणमा लिएको मान्छे खाने बाघलाइे निकुञ्जले आफैले नै पाल्ने भएको छ । निकुञ्जबाट ८ वटा हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई डाट गरेर नियन्त्रणमा लिएको थियो । अहिले बाघलाई कसरामा खोरमा ल्याएर राखिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले  र नियन्त्रणमा लिएको बाघलाइे मासु खान दिएर निकुञ्जमा नै पाल्ने र थप अध्ययन अनुसन्धान गर्ने जानकारी दिए । उक्त भाले बाघको हतियार क्यानिन दाँत खसेको भएर मध्यवति क्षेत्रमा निसकेको ढकालले बताए ।



उमेर पुगिसकेको बाघलाई जंगलमा छोडे फेरी पनि अरू आक्रमण गर्ने सक्ने सम्भावना भएकोले यसलाई निकुञ्जले आफै पाल्न लागेको हो ।

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित राप्तीदुन मध्यवर्ती सामुदायिक वनमा सोमबार बिहान ८ : ३० बजे घाँस काट्न गएकी स्थानीय२५ वर्षीय शुशीला डुम्रेलाई बाघले आक्रमण गरेर मारेको थियो । घाँस काट्न शुशीला बाहेक अन्य तीन जान पनि सँगै गएका थिए ।

उनको शव भएको ठाउँमा बसिरहेको बाघलाई दिनभरको प्रयासमा ३ः३० मा डाट गरेर बेहोस बनाई नियन्त्रणमा लिइएको हो ।  नियन्त्रणमा लिएको मान्छे खाने  बाघ १० वर्ष माथिको रहेको निकुञ्जले जनाएको छ ।



बाघ नियन्त्रणमा लिनको लागि वरिष्ठ पशु चिकित्सक डा. कमल गैरे , राष्ट्रिय प्राकृतिक संरक्षण कोषका  डा.अमीर सडौंला , चितवन राष्ट्रिय निुकञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डे, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका किरण रिजाल , आर्मी ,पुलिस र स्थानीय समुदाय लगायत सबै गरेर ४० जनाको टोलीको प्रयासमा बाघलाई नियन्त्रण लिन टोली सपफल भएको थियो ।

बाघको आक्रमणबाट मान्छे मरेको यो आर्थिक वर्षको पहिलो घटना हो।  बाघ विज्ञ डा. चिरञ्जीवी पोखरेलका अनुसार बाघको आहार र बास्स्थान  उचित हुने हो भने बाघ बाहिर नस्किने जसले गर्दा बाघ र मानव वन्यजन्तुको न्यूनिकरण गर्ने सकिन्छ । उनले भने, ‘बाघको आहारको कंमीमा पनि बाघ बाहिर निस्कने गर्छ । ’

बाघ र मानवको द्धन्द्ध कंम गर्ने समुदायमा आधारित धैरै भन्दा धेरै जनचेतनामुल्क कार्यक्रम हुन पर्ने पोखरेलको सुभाव छ ।

यसअघि मान्छेलाई आक्रमण गर्न थालेपछि पूर्वी चितवनबाट नियन्त्रणमा लिएर निकुञ्जको खोरमा राखिएको छ । एउटा बाघ केही दिन अघि घाउको संक्रमणबाट मरेको थियो ।गत आर्थिक वर्ष २०७४/७५ मा  ६ वटा  बाघ मरेका छन् ।

गत आर्थिक वर्ष २०७४/७५ बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७३/७४मा बाघको आक्रमणबाट २ जनाको मृत्यु र दुई जना घाइते भएका थिए । बाघको आक्रमणबाट ३७ वटा पशुधनको क्षति भएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७२/७३मा चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट दुईजनकको मृत्यु र एकजना सख्त घाइते भएका थिए ।

बाघको आक्रमण घाँस काट्न जाँदा र निकुञ्जभित्र धेरै हुने गर्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics