सिन्धुपाल्चोकमा दर्जनौं घर उच्च जोखिममा

A+ A-

अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिरोले सिन्धुपाल्चोकमा दर्जनौं घर उच्च जोखिममा परेका छन्।

बुधबार राति पहिरोजाँदा सिन्धुपाल्चोकको सागाचोक र कुञ्चोकमा एकएक घर पुरिएका छन् भने थुम्पाखर र कालिकामा ६४ घर उच्च जोखिममा छन्।

प्रहरी कार्यालयले चौतारा सागाचोकगढी नगरपालिका–११ सागाचोकमा गएको पहिरोले एउटा किराना पसल र इन्द्रावती गाउँपालिकाको कुञ्चोकमा एक घर पुरिएको  जनाएको छ।

जिल्ला समन्वय समितिका शाखा अधिकृत युगबहादुर खड्काका अनुसार पहिरोका कारण विस्थापित भएका साबिक कालिका गाविस–९ का पाँच परिवार अहिले स्थानीय सरस्वती प्राविमा बसेका छन् भने अन्य ७ घरपरिवार सुरक्षित स्थानमा गइसकेका छन्।

त्यस्तै वडा नं ५ को ५ घरसमेत विस्थापित भएका छन्। पहिरोका कारण एउटा पक्की घर बगिसकेको र अन्य ६र७ घर ढल्की सकेको खड्काले बताए।

गाउँका सडक खनिएको र नालीको उचित व्यवस्था नहुँदा माथिबाट पहिरो खसेको र तलबाट पनि पहिरोले तानेकाले त्यस्तो समस्या देखापरेको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics