यसरी गरियो सारसको दाहसंस्कार (फोटो फिचर)

विद्युतीय झड्का लागेर मरेका सारको लुम्बिनीमा स्थानीय बासिन्दाले दाहसंस्कार गरेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा .न १ को खुन्गैै चोकमा विद्युतीय झड्का लागेर सारस मेरपछि मलामीसहित संरक्षणकर्मीको समूहले नजिकैको जंगलमा दाह संस्कार गरेका हुन् ।

सारसलाई अरू वन्यजन्तु नखाओस भनेर खाल्टो खनेर पुरेको संरक्षणकर्मी तथा सारस संरक्षण अभियन्ता अर्जुन कुर्मीले बताए । सारसको महत्व बुझाउनलाई पनि व्यवस्थित दाह संस्कार गरिएको उनीहरुको भनाई छ । नेपाल लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसिया एवं अष्ट्रेलियाको रैथाने चरा संसार कै ठुलो चराहरू मा गणना हुन्छ |

यो चरा एकै क्षेत्रमा बस्न रुचाउँछ र बसाई सराई गर्दैन | सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुने यो चरा लाई अंग्रेजीमा 'सारस क्रेन' भनिन्छ | वैज्ञानिक नाम 'ग्रस एन्टिगन' रहेको यो प्रजातिको सारसलाई विश्वमै दुर्लभ श्रेणीको चरा मानिन्छ। यो प्रजातिको सारस ६ फिटसम्म अग्लो र साढे ३ किलो तौलको हुने र पखेटा फैलाउँदा दुवै पखेटाको लम्बाइ ८ फिटसम्म पुग्छ।

नेपालमा यस को मुख्य वासस्थान चितवन रहेको छ | नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले उक्त प्रजातिको सारसलाई संरक्षित पक्षीको सूचिमा समाविष्ट गरेको छ भने साइटिसले अनुसूची २ र आईयुसीएनले रातो किताबमा संवेदनाशील सूचीमा राखेको छ । यो प्रजातिको पंक्षी दलदल (सिमसार) क्षेत्रमा बसोबास गर्ने गर्दछ ।

सारसको अण्डा, मासु र प्वाँखका लागि यसको अवैध सिकार हुने गरेको छ |कोलाह, प्रदूषण र बासस्थान विनाशका कारण यिनको संख्या पनि दिन प्रतिदिन घट्दै गइरहेको छ |

सारसको दाहसंस्कार हेरौं केहि झलकहरु :





नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics