देशभर मध्यम तथा भारी वर्षा हुने

A+ A-



देशभर तीन दिन सम्म मध्यम तथा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले ३ दिन (मंगलबार, बुधाबार र बिहिबार) देशभर मध्यम तथा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

महाशाखाकोे सोमबार बिहान प्रकाशित गरेको बुलुटिन अनुसार सोमबार दिउँसो र राति देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

दिउँसो पूर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमका एक दुई स्थानमा भारि वर्षा हुने महाशाखाको प्रक्षेपण छ । मौसमविदहरुका अनुसार राति भने यी स्थानहरुमा भारी वर्षा हुनसक्छ ।

वर्षाको क्रम मंगलबार पनि यथावत रहने बताइएको छ । महाशाखाका अनुसार मंगलबार देशभर हल्का तथा मध्यम खालको वर्षा हुनेछ भने पश्चिमका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

श्रावण ३० गते दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics