सोल्टी र मितिनीको बसाई नेपालमै

उपहारस्वरुप चीन पठाउन लागिएको सोल्टी र  मितिनी  नामक गैँडाको आजको बसाई नेपालमै हुने भएको छ । मितिनी र सोल्टीलाई प्रतिकुल मौसमको कारण चीनबाट जाहाज उड्न नसकेपछि बिहिबारको बसाई नेपालमै हुने भएको हो ।

चितवनबाट गत मंगलबार राति मितिनी र सोल्टीलाई काठमाडौँ ल्याइएको थियो । गैँडा   खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा  राखिएको छ ।  ।

उपहार स्वरूप चीनमा पठाउनका लागि  २ वर्ष मुनी उमेरका  गैँडालाई गत वैशाखमै नियन्त्रणमा लिएर बूमामा  राखिएको थियो ।यस भन्दा अघि गत असार २८ गते प्रधानमन्त्री के.पी शर्मा ओलीले भद्र र रुपसी नामक एक जोडी गैँडा चीनलाई हस्तान्तरण गरेका थिए ।

गैँडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि केही समय राष्ट्रिय प्रकृति संरक्षण संरक्षण कोषका पशु चिकित्सक अमिर सडौंला, चितवन राष्ट्रिय निकुञ्जको  पशु प्राविधिक पुरुषोत्तम पाण्डे , केयर टेकरहरु हर्कमान लामा, ओम चौधरी र रमेश दराई भने चीन गइसकेका छन् ।

२०७३ सालमा पहिलो पटक प्रधानमन्त्री भएको समयमा ओली नेतृत्वको सरकारले २ वटा भाले र २ वटा पोथी गैँडा चीनलाई उपहारस्वरुप दिने निर्णय गरेको थियो ।सोल्टी र मितिनी चीनको सांघाइ पार्कमा बस्ने छन् । यस अघि चीन पुगेका भद्र र रुपसीलाई गोन्जाओ स्थित चेमेलोङ सफारी पार्कमा रमाइरहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics