पहिरोले डोल्पामा घर पुरिए

A+ A-

अविरल वर्षासँगै खसेको पहिरोले डोल्पामा घर पुरिएका छन् । पहिरोले डोल्पामा दुई घर पुरिएकाे  हो  ।

तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीय राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरिएकाे छ  । अर्का हरिबहादुर बुढामगरको घर भने भत्केको छ ।

पहिरोले घर भत्काए पनि मावनीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय, डोल्पाले जनाएको छ ।

शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । सुरक्षित ठाउँमा बस्ती सार्न आग्रह गरे पनि सरकारले चासो नदिएको गुनासो स्थानीयवासीको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics