आकाशमा थरीथरीका बादल

हिजोआज दिनभर घाम लाग्ने र रात परेपछि पानी पर्ने क्रम बढ्दो छ । एक दुई दिनदेखि आकाशमा ‘क्युमोलोनिम्बस’ (सिबी) बादल वायुमण्डलमा सक्रिय हुँदा मुसल्धारे पानी पर्नुका साथै चट्याङ पर्ने जोखिम बढिरहेको मौसमविद् बताउँछन् ।

तीन तहका १० थरी बादलमध्ये ‘क्युमोलोनिम्बस’ (सिबी) बादल सक्रिय हुँदा मुसलधारे पानी गरेको विज्ञहरुको भनाई छ । सो बादलले मौसमम बढी सक्रिय हुँदा केही दिनदेखि बेलुका र बिहानको समयमा बढी पानी पर्ने गरेको छ ।

चट्याङसहितको मुसलधारे पानीको कारण क्युमोलोनिम्बस बादल

विशेष गरी गर्मी क्षेत्रमा दिनभर घाम लाग्ने र बेलुकीपख आँधीहुरी आउने, चट्याङको सम्भावना बढ्ने र मुसलधारे पानी पर्नु क्युमोलोनिम्बस बादलको कारण भएको वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताए । दिनभरको गर्मीले जमिनको सतह तात्दा क्युमोलोनिम्बस(सिबी) बादल आकाशमा मडारिँदा जोखिम बढ्ने गरेको छ ।

मनसुन सुरु भएपछि उक्त बादल केही दिनदेखि सक्रिय भइरहेको छ । ‘तलदेखि माथि ठाडो गरी एकदम बाक्लो अवस्थामा बसेको हुन्छ । कपासजस्तो बाक्लो खुजमुज्ज भएर बस्छ,’ उनले भने । विशेष गरी भारत, क्यानडामा ३० देखि ४० किलोमिटर टाढासम्म उक्त बादल फैलने गरे पनि नेपाली आकाशमा भने १२ देखि १४ किलोमिटर क्षेत्रमा मात्रै फैलने गरेको छ । क्युमोलोनिम्बस बादल सक्रिय भइरहेका वेला विमान बादलभित्र प्रवेश गर्दा दुर्घटनाको जोखिम हुन्छ । उक्त बादलमा करेन्ट प्रवाह बढी हुने हुनाले खतरनाक मानिन्छ ।

तीन तहका बादल, तेस्रो खतरनाक

मौसमविद्का अनुसार बादलका तीन तह हुन्छन् । ती तहमध्ये पहिलो तहमा स्टाटस, स्टाटोक्युमोलस, क्युमोलस, निम्बोस्टाटस, क्मोलोनिम्बस, दोस्रो तहमा अल्टो स्टाटस, अल्टो क्युमोलस र तेस्रोमा सिरस, सिरोक्युमोलस र सिरोस्टाट्स बादल रहन्छन् । तीन तहअन्तर्गत पहिलो तहको बादल जमिनको सतहभन्दा दुई किलोमिटरमाथि अर्थात् ६ हजार ५ सय मिटसम्म फैलन्छ । दोस्रो तहका बादल दुई किलोमिटरमाथिबाट अर्थात् ६ हजार ५ सय मिटरदेखि ३३ हजार फिटसम्म आकाशमा फैलिएर बसेको हुन्छ । त्यस्तै, तेस्रो तह उच्च तहमा रहने बादल हो । तेस्रो तहमा जमिनको सतहबाट १६ हजार फिट देखि ४५ हजार फिटमाथि फैलने गरेको छ ।

निराजन पौडेल

प्रतिक्रिया दिनुहोस

web
analytics