कृषि मन्त्रीको पहलमा रामदेवको घ्युको मुल्य बढाइयो

A+ A-



स्वदेशी घ्युलाई प्रवर्धन गर्न भारतबाट आयातीय घ्युको मूल्य बढेको छ । न्यून विजकीकरण र चोरी पैठारी भएर भारतबाट आयात भएको घ्युलाई नेपाली घ्युले प्रतिष्धापन गर्न मुल्यांकन बढाएर महँगो बनाइएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको विशेष आग्रहमा अर्थमन्त्रालयले बाबा रामदेवले सञ्चालन गरेको पतन्जलीको घ्यु र अमुलको घ्युको मुल्यांकन बढाएर ४०० भारु अर्थात् ६४० रुपैयाँ बनाइएको छ । यसअघिको मुल्यांकन २५० भारु थियो ।

आर्थिक वर्ष ६४० मा ३० प्रतिशत भन्सार महसुल र त्यसको १३ प्रतिकार भ्याट समेत गरी प्रतिलिटर घ्युको मूल्य ९४० रुपैयाँ कायम भएको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसीले प्रति लिटर घ्यु ८५० रुपैयाँमा बेचिरहेको छ । अव नेपाली घ्युभन्दा भारतीय घ्यु महँगो भएपछि प्रतिस्पर्धा गर्न सजिलो हुने नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए ।

मुल्यांकन पनि सस्तो र भन्सार पनि छलेर भारतीय घ्यु नेपाली बजारमा भित्रदा नेपाली डेरी उद्योगहरूले पनि मुल्यांकन बढाउन र भन्सारमा कडाई गर्न अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गराएका थिए । त्यसमा डिस्ट्रिब्यूटर, होलसेलर, रिटेलरले थप नाफा खाएर बेच्नु पर्ने हुँदा नेपाली घ्युले प्रतिस्पर्धा गर्न सक्ने भएको छ । राजभण्डारीले भारतीय घ्युको मुल्यांकन बृद्धिले नेपाली किसानलाई निक्कै राहात महसुस भएको बताए ।

खुल्ला सिमानाका कारण कतिपय अवस्थामा भन्सार छलेल पनि भारतीय घ्यु नेपाल भित्रने गरेको किसानको गुनासो छ । सुनौली र भैरहवा नाकाबाट धेरै घ्यु नेपाल भित्रने गरेको छ । नेपाल दुग्ध संस्थानका अनुसार गत साउन महिनामा मात्रै भैरहवा नाकाबाट २० हजार लिटर पतल्जलीको घ्यु नेपाल भित्रेको छ । काठमाडौँका भाटभटेनी र बिग मार्टहरुमा पतन्जलीको घ्यु नभेटिए पनि साना खुद्रा पसलहरूमा छ्यास्छ्यास्ती पतन्जलीको घ्यु बिक्रि भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

नेपालले भारतीय पाउडर दुध पनि आयातमा प्रतिबन्ध लगाएको छ । झन्डै दुईमहिनादेखि पाउडर दुध आयातमा कृषि मन्त्रालयको पहलमा प्रतिबन्ध लगाइएको हो । पहिले नै अनुमति लिएको बाहेक अरू पाउडर नेपाल नभित्रिएको डिडिसीले बताएको छ । डिडिसी र डेरी उद्योगहरूले भारतीय पाउडर दुधलाई अझै केही समय प्रतिबन्ध लगाउन र आइसक्रिममा पनि भन्सार दर बढाउन माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics