कुकुरले लखेटेर मार्‍यो चित्तल



पर्सा राष्ट्रिय निकुञ्जबाट मध्यवर्ती क्षेत्रमा प्रवेश गरेको चित्तललाई कुकुरले लखेटेर मारेको छ।

मनहरी गाउँपालिका–९, ज्यामिरेस्थित आर्शिवाद होटल अगाडि धानखेतमा मरेको अबस्थामा बिहीबार बिहान भाले चित्तल भेटिएको ज्यामिरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव दीपक पुलामीले बताए।

बिहान झिसमिसेमै कुकुरले चित्तल लखेट्दै ल्याएकोमा धान खेतमा भासिएपछि टोकेर मारेको पाइएको सचिव पुलामीले बताए। आधा दर्जन कुकुरले चित्तललाई एकसाथ आक्रमण गरेको थियो। मृत फेला परेको चित्तलको तौल ७० केजी रहेको बताइएको छ।

इलाका वन कार्यालय मनहरी, इलाका प्रहरी कार्यालय मनहरी तथा ज्यामिरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरुको रोहबरमा मुचुल्का उठाएर मृत चित्तल गाडिएको सचिव पुलामीले जानकारी दिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics