चितुवा र बाघको छाला सहित ४ जना पक्राउ

A+ A-

 

वन्यजन्तु चितुवाको छाला, हड्डी तथा बाघको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको जमल र बौद्ध आरुवारीबाट  प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ टोखा बस्ने सिन्धुपाल्चोक चौथली गाउँपालिका–५ का २० वर्षीय सागर भन्ने दिलकुमार श्रेष्ठ, मनमैजु बस्ने सोही ठाउँका ३७ वर्षीय लिलाबहादुर श्रेष्ठ र गौरीघाट बस्ने सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिका–९ का ३१ वर्षीय रमेश बोहरा रहेका छन् ।

काठमाडौँ महानगरपालिका–२६ जमलबाट चितुवाको छाला २ थान र हड्डी डेढ किलो सहित प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी बस्ने सर्लाही घर भएका २२ वर्षीय सुजन वाईबालाई आरुवारीबाट बाघको छाला १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics