नुहाउने क्रममा डुबेर मृत्यु

A+ A-


बर्दिया,धादिङ, दैलेख र नवलपरासी(सुस्ता पूर्व)मा बुधबार विभिन्न कारण डुबेर मात्रै ४ जनाको मृत्यु भएको छ ।


अछेरीया बर्दिया बाँसगढी नगरपालिका ३ सुन्दर बस्ति बस्ने १३ वर्षीया निसा सुनारको खोलामा नुहाउने क्रममा मृत्यु भएको हो ।


प्रहरीका अनुसार स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उक्त स्थानदेखि २ सय मिटर टाढा खोलामा शव फेला परेको हो ।
यस्तै दैलेख डुङगेश्वर गाउँपालिका - ६ डुँग्रीघाट बस्ने ३५ वर्षीय करन बि.क. सोही स्थानमा रहेको लोहोरे खोलामा नुहाउन क्रममा डुबेर मृत्यु भएको छ ।


धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ मालिङगास्थित त्रिशुली नदीको किनारमा निलकण्ठ नगरपालिका -४ बस्ने ४७ वर्षीय बिण्णुराज सिंह ठकुरीको डुबेर मृत भएको अवस्थामा शव फेला पारिएको छ ।


यसैगरी नवलपरासी(सुस्ता पूर्व) देवचुली नगरपालिका -१ केउरेनीस्थित माछा पोखरीमा डुबेर अचेत भएका सोही स्थान बस्ने ५८ वर्षीय तेजबहादुर बोटेको देवचुली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।


यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics