चित्तलको मासु प्याकिङ गरेर लैजाने क्रममा दुई पक्राउ

A+ A-

चित्तल शिकार गरेको आरोपमा जिल्ला वन कार्यालय कपिलवस्तुले २ जनालाई पक्राउ गरेको छ ।

वन कार्यालयले अनुसार चित्तलको शिकार गरेपछि बोरामा चित्तलको मासु प्याकिङ गरेर लैजादै गर्दा तिलौराकोट साझेदारी वनका कर्मचारीहरुले उनीहरुलाई मृत चित्तलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका गोरुसिंगेका २७ वर्षीय केशबहादुर थापा र ३६ वर्षीय शिव श्रेष्ठ रहेका छन् । पक्राउ परेका उनीहरुले जिल्लाको तिलौराकोट साझेदारी वन क्षेत्रमा चित्तलको शिकार गरेको आरोप लागेको छ ।

राष्ट्रिय निकुन्ज वन्यजन्तु संरक्षण ऐन अनुसार थप अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइएको सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठले बताए।

पक्राउ परेका उनीहरु अहिले जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics