ध्वाँसे चितुवाको छाला सहित पक्राउ

A+ A-



संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला सहित केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको छ ।

ध्वाँसे चितुवाको छाला १ थान सहित ३ जनालाई सीआईबीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ बस्ने ५५ वर्षीय शेलबहादुर तामाङ, धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका–१ वस्ने ३४ वर्षीय बुद्धिमान तामाङ र कास्की पोखरा महानगरपालिका–२४ बस्ने ४५ वर्षीय सालिक राम सुवेदी रहेका छन् ।

अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री तथा ओसारपसार हुँदै गरेको भन्ने सूचना प्राप्त भएपछि व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ बौद्ध सिद्धार्थमार्गबाट उनीहरुलाई उक्त छाला सहित पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुलाई आवश्यक कारवाहीको लागि शुक्रबार डिभिजन बन कार्यालय काठमाडौंमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics