माटोको ढिस्कोले पुरिएर मृत्यु

A+ A-



कंचनपुरमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ ।

शुल्काफाँटा नगरपालिका - १ बस्ने लोकेन्द्र बिष्टको ९ वर्षीया छोरी जानकी बिष्टको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । जानकीको कृष्ण निम्न माध्यामिक बिद्यालयको कम्पाउण्ड भित्र माटोको ढिस्को खस्न गई पुरिएर घाइते भएकी थिइन ।

उनको महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics