जाडो छल्न नेपाल भित्रिए चरा

A+ A-

जाडो छल्न हिमाल नाघेरे विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन् । आगन्तुक चरा उत्तरी गोलार्द चिसोले हिउँ जम्ने हुँदा जाडो छल्न चरा नेपाल भित्रिन थालेको हो ।

नेपालमा  हाँसमात्रै २२ बढी प्रजातिका आउँछन् । कतिपय चराले करीब पाँच हजार किलोमिटर दूरी पार गर्छन् । सामान्यतः यसरी बसाइ सरेर आउने चराले दुई, तीन हजार किमी दूरी पार गरेकै हुन्छन् ।

पाहुना चराले नेपालमा छ देखि आठ महीना बिताउँछन् । ठूलो चील (महाचील) मङ्गोलिया, चीन, साइबेरियाबाट आउँछ ।

चितवन, कोशी, कपिलवस्तुको जगदीशपुर ताल, बर्दिया, शुक्लाफाँटालगायत सिमसार क्षेत्रमा बसाइँ सरेर आएका चरा देखिन थालेको छ ।

जाडो छल्न बसाइँ सरेका पानी चरा काठमाडौँको वाग्मतीमा देखिन थालिसकेको छ । असोज चराका लागि बसाइँ सरेर आउने महत्वपूर्ण समय हो । अभिलेखअनुसार १४९ प्रजातिका चरा नेपाल भित्रिन्छन् । आधा जति सिमसारमा बस्ने चरा हुन्छन् ।

नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् । सबैभन्दा बढी प्रजाति चितवनमा भेटिन्छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics