विरूवा रोप्दै हिड्ने ‘रानीआमा’

सेतै कपाल, पहेंलो लुगा ‘रानीआमा’ जहाँ पुग्छिन्, हातमा पानीको बोतलसँगै बोटविरूवा देखिन्छन्। ७९ वर्षको उकालो यात्रामा पुगेकी रानीआमाको दीनचर्या बोटविरूवा रोप्नमै बित्छ ।

उनी भदौ १४ गते आइतबार बिहान ९ बजे रिक्सा चढेर सुनसरी इटहरी उपमहानगर परिसरमा पुगिन्, बिरुवा रोप्न । हातमा बेलका बिरुवा र पानीको बोतल लिएर आएकी रानीआमाले नगरप्रहरीलाई भनिन्–बेलको बिरूवा रोप्न आएकी हुँ, ठाउँ देखाइदिनु ।’

नगरप्रहरीले मालीलाई बोलाएर ठाउँ देखाइदिए। मालीले मेचीकाली पोखरीको पश्चिमी किनारमा रोप्ने ठाउँ देखाइदिएपछि रानीआमाले बेलको बिरूवा रोप्दै भनिन् —धेरै फल दिनु, नगरपालिकाको जय होस्।’

यी रानीआमा अर्थात रानी विष्णु प्रिया खडका मोरङको सुन्दरहरैचा नगरपालिका–८ सलकपुरकी हुन्। तर, उनलाई सबैले रानीआमा भनेर चिन्छन्।

रुखले अक्सिजन दिने भएकाले बोटबिरूवा रोप्नुपर्ने बताउने उनी भन्छिन्, ‘अक्सिजन दिन्छ नि सास फेर्न सजिलो हुन्छ । बेलको पात भगवानलाई चढाउनु पनि चाहिन्छ।उनले केही दिन अघि मात्र सुन्दरहरैचा नगरपालिकाका र माइ खोलामा फलफूलका बोटबिरुवा रोपेकी थिइन्।

रानीआमाको घरमा बोटबिरुवाको नर्सरी छ। त्यहाँ उनले विभिन्न प्रजातिका बोटबिरूवा तथा फूलहरू उमारेकी छन्। अनि हुर्किएको बोटबिरूवा यसरी नै विभिन्न ठाउँमा रोप्दै हिँड्छिन् ।

रानीआमाको पुख्यौली घर काठमाडौं भएपनि बसाइँसराइँको क्रममा उनका पिता इन्द्रविक्रम शाह धनकुटा पुगेका थिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics