यसपालीको दशैंमा ‘पानी पर्ने’



यो वर्षको मनसुन बाहिरिए पनि दशैंका केही दिन भने सामान्य वर्षा हुने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद सुबास रिमालले भने, ‘दशैंमा सामान्य वर्षा हुन्छ तर यसले दशैंलाई नै अवरोध गर्दैन। ’ रिमालले दशैंमा भारी वर्षा भने नहुने बताए ।

काठमाडौँ बर्खायाममा सक्रिय हुने मनसुन नेपालबाट शुक्रबारदेखि बाहिरिएसँगै चिसो बढ्ने क्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै गएपछि चिसो बढ्ने क्रम शुरु भएको रिमालले जानकारी दिए । यो समयमा पश्चिमी चिसो वायुको प्रभाव कायम रहने भएकोले चिसो बढेको हो ।

आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्य रहेको छ ।

सामान्यतया जून १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा मनसुन बाहिरिने गरेपनि यसपालि दूई साता ढिला अक्टोबर ५ मा विदा भएको छ।

नेपालको पुर्वीभागबाट यसबर्षको मनसुन बाहिरीएको हो । यसपालिको मनसुन पूर्वी र पश्चिम क्षेत्रमा औसत भन्दा कम सक्रिय भएको देखिन्छ । तर काठमाडौमा भने मनसुन औसत भन्दा बढि सक्रिय भएको मौसम विद रमिालले बताए ।

पछिल्ला समय निर्धारित समय भन्दा केहि ढिला मनसुन बिदा हुने गरेको छ । मनसुन बिदा भएपछिको समयमा भने स्थानीय प्रणाली तथा समुन्द्रमा आउने चक्रवातका कारण कहिलेकाहीँ वर्षा हुने गर्छ ।

यस्तो छ आगामी तीन दिनको मौसम

असोज २१ गते (आईतबार)

दिउँसो : देशको पूर्वी र मध्य पहाडी भू—भागमा आंशिक बदलि रहने तथा बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ्रपूर्वी र मध्य पहाडि भुभागका एकर दुई स्थानमा हल्का वर्षा हुने संभावना देखिन्छ ।

राती :  देशको पुर्वी पहाडी भू–भागमा आंशिक बदलि रहने र बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ। पुर्वी पहाडी भेगका एकरदुई स्थानमा हल्का वर्षाको संभावना देखिन्छ।

असोज २२ गते (सोमबार)

दिउँसो : देशको पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदलि रहने र बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

राती :  देशको पूर्वी र पश्चिम भू-भागमा आंशिक बदलि रहने संभावना देखिन्छ।

असोज २३ गते (मंगलबार)

दिउँसो : देशको पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदलि रहने र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

राती : देशको पूर्वी र पश्चिम भू-भागमा आंशिक बदलि रहने संभावना देखिन्छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics