जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपतिकाे सुझाव



राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायू परिवर्तनको असर निराकरणमा लाग्ने सुझाव दिएकी छन् । वातवरण सम्मेलन–२०७५ को आइतबार काठमाडौंमा उद्घाटन गदै जलवायू परिवर्तनका कारण हिमालहरू पग्लदाँ नेपालको पर्यटनमा ठूलो असर गरेको बताउँदै निराकरणका उपायहरू खोज्न विज्ञहरूलाई सुझाव दिएकी हुन ।

राष्ट्रपति भण्डारीले हिमताल पग्लिएर बाढी लगायतका समस्या देखा परेको बताउँदै यो सबैको साझा विषय भएकाले बेलैमा सबैले सजग हुनुपर्नेमा जोड दिइन्। इन्धनको अत्याधिक प्रयोग र जनसंख्या वृद्धिसँगै बढेको प्रदूषणले समस्या निम्तिएकाले अब लेखाजोखा गर्ने बेला आएको उनले बताइन्।

यस्तै उनले प्रदूषण शुल्कको रकमको सदुपयोग गर्न समेत ध्यानाकर्षण गराइन्। सरकारले प्रतिलिटर ५० पैसा प्रदूषण शुल्क लिने गरेको छ। उक्त रकम हालसम्म करिब चार अर्ब संकलन भएको छ।

यस्तै वन तथा वातारवण मन्त्री शक्तिबहादुर बस्नतले जलवायु परिवर्तनका कारण मानव जातिमा परेको असर बारे समाधानका उपायहरू खोज्ने बेला आइसकेको बताए।

सरकारले वातावरण र जलवायु परिवर्तनजस्ता विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन, रणनीति तथा कार्ययोजना बनाई कार्यान्वयन गर्ने उनले विश्वास व्यक्त गरिन।

राष्ट्रपति भण्डारीले बढ्दो जनसंख्या र शहरीकरणका कारण फोहोरमैला व्यवस्थापनमा कठिनाइ आएको र वातावरण संरक्षणमा गम्भीर चुनौती थपिएकाले सम्बद्ध पक्षले सो विषयमा यथोचित ध्यान पु-याउनुपर्ने औंल्याइन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics