खाग तस्कर १० वर्षपछि पक्राउ



१० वर्ष अघि गैंडा मारेर बेपता भएका खाग तस्कार पक्राउ परेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले फरार नवलपरासी कावासोती–१०, रतौलीका ईश्वरीप्रसाद महतोलाई पक्राउ गरेको हो ।चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले फरार रहेको ईश्वरीलाई नेपाल आएको थाहा पाएपछि विशेष सुराकीको आधारमा पक्राउ गरेको जानकारी दिए ।

निकुञ्जले विगत डेढ महिना देखि फरार ईश्वरीलाई पिछा गरिरहेको थियो ।उनलाई नवलपरासीको अमलटारीबाट पक्राउ गरिएको हो ।

महतोलाई १५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको चार वर्ष बितिसकेको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार महतो सो क्षेत्रमा दुई गैँडा मार्ने कार्यमा संलग्न रहेको  थियो ।

अमलटारी क्षेत्रमा गैंडा मारेको अभियोगमा मुक्तिप्रसाद गुरौंसमेत सात जनाविरुद्ध मुद्दा दायर भएको थियो । तर, उनीसहित ५ फरार थिए । चार जना अझै फरार रहेका छन् ।

ईश्वरीलाई १५ वर्ष कैद र १ लाख ३० हजार रुपैयाँ जरिवाना तिनुपर्ने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । उनलाई हाल भरतपुर कारागारमा चलान गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics