पुजाकलीबाट छैटौं छावाको जन्म

चितवन राष्ट्रिय निकुञ्जमा पुजाकली नामक हात्तीबाट छैटौं छावाको जन्म भएको छ ।सौराहास्थित ३८ वर्षकी पुजाकलीले मंगलबार बिहान दुईबजे चितवनको हात्ती प्रजनन केन्द्र खोरसारमा पोथी छावा जन्माएकी हुन ।



पुजाकली  यो छेटौं बच्चा भएको चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिए । सामान्यता राम्रो प्रजनन क्षमता भएको हात्तीले ७ वटासम्म बच्चा जन्माउने गर्छन । पुजाकलीको प्रजनन क्षमता राम्रो भएकोले ६ वटा बच्चा जन्माउन सफल भएको पाण्डेले बताए ।



पुजाकलीले यस भन्दा अघि पुस ४ गते २०७२ भाले छावा जन्माएकी थिइन । यस भन्दा अघि जन्मेको भाले छावाको नाम खोरसोर गुज राखिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज जन्म भएको छावाको नाम भने अब ११ दिनमा न्वारान गरेर राखिने छ ।

यस निकुञ्जमा झन्डै साढे दुई वर्षपछि छावाको जन्म भएको छ । चितवनमा २०१६ मे महिना पछि कुनैपनि छावाको जन्म भएको थिएन । नयाँ छावाको जन्म सहित चितवनको हात्ती प्रजनन केन्द्रमा अब १८ वटा हात्ती भएका छन् । हात्ती प्रजनन केन्द्र २०४२ सालमा स्थापना गरिएको थियो।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics